Logo

प्रचण्डले बोके मिथिला मध्यपरिक्रमाको डोला !

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मैथिल बाहुल्य क्षेत्र धनुषामा हिन्दीमा भाषण गर्दै मिथिला क्षेत्रको डोलालाई काँधमा उठाएका छन् ।


मिथिला बिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भजन, किर्तनसहित डोला निकालिँदा प्रचण्डले केही दुरीसम्म डोलालाई बोकेका हुन् ।

त्यसअघि आयोजित औपचारिक कार्यक्रमलाई अध्यक्ष प्रचण्डले हिन्दी भाषामा सम्बोधन गरे । उनले मिथिला मध्यपरिक्रमामा निकालिने डोला संस्कृतिको प्रशंसा गरे । उनले नेपालीसहित भारतीय हिन्दु धर्माम्बलीले निकाल्ने मध्यपरिक्रमाको ठूलो महत्व रहेको बताए ।

आफू प्रधानमन्त्री हुँदा मिथिला मध्यपरिक्रमालाई केही सहयोग गर्ने अवसर मिलेको बताउँदै उनले अब मिथिला बिहारी परिषद् गठनको पहल गर्ने प्रतिबद्धता जनाए । उनले मिथिला बिहारी मन्दिरमा धर्मशाला निर्माणमा सहयोग गर्ने बचनसमेत दिए ।

कार्यक्रममा नेकपा नेता रघुवीर महासेठले कम्युनिस्टहरु धर्मको विरोधी नभएको बताए । उनले कम्युनिस्ट सरकारले गाउँ-गाउँमा मठ मन्दिर, मस्जिद, गुम्बा निर्माण गर्दै सबै धर्मको सम्मान गरिरहेको बताए ।

डोला निकाल्ने क्रममा प्रचण्ड आएको मनाङ्ग एयरको हेलिकप्टरबाट पुष्पवृष्टिसमेत गरिएको थियो

प्रतिक्रिया दिनुहोस्