Logo

बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियारले छानबिन गर्छ : प्रचण्ड !

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग छानबिन गर्ने बताएका छन् ।

g]skfsf cWoIf …k|r08Ú wfld{s kbofqfdf
wg’iff, !! kmfu’g M g]kfn sDo’lgi6 kf6L{ -g]skf_ sf cWoIf k’iksdn bfxfn …k|r08Ú cfOtaf/b]lv ljlwjt ?kdf ;’? ePsf] ljZjsf] nfdf] wfld{s kbofqf kl/qmddfsf] pb3f6gkl5 ;xefuL x’Fb} . t:jL/M chos’df/ ;fx÷/f;;

आइतवार मिथिला परिक्रमाको उद्घाटन गर्दै उनले उक्त विषयमा लेखा समितिमा पनि छलफल भइरहेको बताए । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा आएको अडियोसँग जोडिएका हरेक विषयमा सम्बन्धित सबैको छानबिन हुने पनि उनको भनाइ थियो ।

उनले कम्युनिस्टहरु सत्तामा गएपछि बिचलन आउने गरेको बताए । केही दिनअघि भक्तपुरको एउटा कार्यक्रममा कम्युनिस्टको चरित्रबारे बेलेको विषयबारे समेत उनले प्रष्टीकरण समेत दिए । प्रचण्डले सत्तामा हुँदा कम्युनिष्ट नराम्रो हुने संसारभरको कुरा बोलेको दाबी गर्दै नेकपाको बारेमा मात्र कुरा गनरेको प्रष्टाए ।

फरक प्रसंगमा प्रचण्डले प्रदेश २ को सरकारमा पार्टी सहभागी हुन कुराकानी थालिएको खुलासा गरे । उनले प्रदेश २ को सरकारमा सहभागी हुनका लागि नेकपाले सत्तासीन दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी(राजपा) सँग कुराकानी गरिरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्