Logo

विश्व बजारमा तेलको मुल्यमा ठुलो गिरावट २० प्रतिशतले घट्यो तेलको मूल्य !

विश्व बजारमा कच्चा तेलको भाउ सोमबार २० प्रतिशतभन्दा बढीले घटेको छ । साउदी अरेबियाले एकतर्फी रुपमा घरेलु बजारमा तेलको भाउ घटाएसँगै सोमबार तेलको भाउमा ठूलो कमी देखिएको हो । पेट्रोलियम पदार्थ निर्यातकर्ता मुलुकको संगठन (ओपेक) र उसका सहयोगी मुलुकको बीचमा तेल उत्पादन क’टौतीबारे सम्झौता हुन नसकेपछि साउदीले एकतर्फी रुपमा तेलको भाउ घ’टाएको हो ।

समाचारमा बताइएअनुसार अहिले साउदी आफ्नो तेल उत्पादन पनि बढाउने तयारीमा रहेको छ । यसले तेल उत्पादक मुलुकको बीचमा मूल्यको यु’द्ध हुन सक्ने आ’शंका बढेको छ ।यो समाचार तयार पार्दासम्म पाँच बजे ब्रेन्ट कच्चा तेलको भाउ अघिल्लो दिनको तुलनामा प्रतिब्यारेल २२ दशमलव ०५ प्रतिशत घ’टेर ३५ दशमलव २९ डलरमा आइपुगेको छ ।

त्यस्तै अमेरिकाको वेस्ट टेक्सास इन्टरमिडियट कच्चा तेलको भाउ पनि प्रतिब्यारेल २२ दशमलव ८२ प्रतिशत घट्दै ३१ दशमलब ८६ प्रतिशतमा आइपुगेको छ ।ओपेक र उसका सहयोगी मुलुकको बीचमा अत्यधिक उत्पादनको समस्याबारे विवाद देखिएको थियो । तेल उत्पादक मुलुकमध्ये साउदी अरेबियाको लागत सबैभन्दा कम छ । त्यसैले पनि उसले तेलको भाउ घ’टाउँदै उत्पादन बढाउने निर्णय गरेको हो । तर, यसको असर समग्र तेलको बजारमा परेको हो ।

साउदी अरेबियाले शनिबार तेलबिक्री गर्दा उल्लेख्य छुट दिने र तेल उत्पादन दैनिक १ करोड ब्यारेलभन्दा बढी पुर्याइने बताएको थियो । अहिले साउदी अरेबियाले दैनिक ९७ लाख ब्यारेल तेल उत्पादन गर्दै आएको छ । तर, उसको तेल उत्पादन क्षमता दैनिक १ करोड २५ लाख ब्यारेल छ ।गत शुक्रबार भियन्नामा भएको ओपेक र उसका सहयोगी मुलुकको बैठकमा तेल उत्पादन अप्रिलदेखि १५ लाख ब्यारेल प्रतिदिनको दरले कटौती गर्ने प्रस्ताव अघि सारिएको थियो । तर, यो प्रस्ताव रुसले अस्वीकार गरेको थियो ।

यसअघि नै तेलको भाउ चीनबाट फैलिएको कोरोना भा’इरस कोभिड–१९ को कारण कमजोर बन्न पुगेको अवस्थामा तेल उत्पादक मुलुकबीच बढेको तनावले तेलको भाउ घ’ट्नमा अझै ठूलो सहयोग गरेको हो । विश्लेषकहरुले तेलको भाउ अझै क’मजोर बन्नसक्ने भन्दै चेतावनी दिइसकेका छन् ।तर, केहीले भने साउदी अरेबिया र रुसको बीचमा अझै पनि सहमति हुन सक्ने र यसले तेलको घ’ट्दो भाउलाई उकास्न सहयोग पुग्ने बताएका छन् । यसअघि तेलको भाउ सन् २०१६ को जनवरीमा अहिलेसम्मकै क’मजोर विन्दुमा पुगेको थियो ।

प्रतिक्रिया दिनुहोस्