Logo

अविवाहित नायिका आँचल शर्माले किन गरिन विवाहित उदीप श्रेष्ठसंग विवाह ?

नाईं नभन्नू ल ४’ बाट नेपाली फिल्ममा भित्रिएकी अभिनेत्री आँचल शर्माले डेढ वर्ष लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेकी छन् । बिहीवार उनले प्रेमी उदिप श्रेष्ठसँग लगनगाँठो कसेकी हुन् । बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा हिन्दू परम्पराअनुसार आँचल र उदिपले विवाह गरेका हुन् । विवाह समारोहमा दुलहा र दुलही पक्षका परिवारको मात्र उपस्थिति रहेको थियो ।

अभिनेत्री आँचल शर्माले आफ्नो विवाहको तस्विरहरु इन्स्टाग्राममार्फत् सार्वजनिक गरेकी छन् । उनले ‘म र मेरा लागि सधैं’ क्याप्सन लेख्दै उदिपले बरमाला लगाएको र आफू दुलहीको भेषमा सझिएको केही तस्विरहरु साझेदार गरेकी छन् । तस्विरमा उनलाई कतै भावुक त कतै खुसी मुद्रामा देख्न सकिन्छ । उदिपले बरमाला लगाउँदै गर्दा उनी निकै प्रफुलित देखिएकी छन् ।

यसै क्रममा नेपालमा फिल्म जगतमा नायिकाहरुले धमाधम विवाह गर्ने क्रम चलेको छ । धेरैले चलचित्र क्षेत्रभन्दा फरक विधाका पुरुषसँग विवाह गरेका छन् । चलचित्र क्षेत्रकै नायकसँग कतिपयको प्रेम चल्यो तर टुट्यो पनि । चलचित्र क्षेत्रको भन्दा भिन्न विधाका पुरुषसँग नायिकाहरुले विवाह गर्न थाले । यसमा अहिले नायिका आँचल शर्मा जोडिएकी छिन् ।

आँचलको कुनैबेला पल शाहसँग अफेयर चल्यो । उनीहरुले सार्वजनिक रुपमै विवाह गर्ने घोषणा गरे । तर, यसै हप्ता आँचलले सबैलाई चकित पार्दै चिकित्सक डा. उदिप श्रेष्ठसँग विवाह गरिन्, त्यो पनि करोडौं खर्च गरेर ।पलबाट टाढिने क्रममा आँचलले फेसबुकमा अनफलो गरिन् । लगत्तै फेसबुकमा विवाहको तस्बिरहरु हालिन् । आँचलले विवाह गरेका उदीप श्रेष्ठको दोस्रो विवाह हो ।

उनको यसअघि विदेशीसँग विवाह भएको थियो । आँचलले पलसँग कसम तोड्नुमा उदिपको धनसम्पत्ति हो भन्ने चर्चा फिल्मी क्षेत्रमा चलेको छ । उदिप धनी परिवारका हुन् ।चलचित्र क्षेत्रमा नाम हुने तर दाम कमै हुने भएकाले पनि नायिकाहरु पैसावाल पुरुषसँग विवाह गर्दै आएका छन् । चलचित्रबाट नाम कमाउने र त्यही नामबाट धनाढ्य पुरुष खोज्ने परिपाठी समेत विकास भएको छ ।

प्रतिक्रिया दिनुहोस्