Logo

५ दिनमा यी ३ लक्षण देखिए तुरुन्त कोरोनाभाइरस परीक्षण गराउनुस्, संक्रमण भएको हुन सक्छ ! सेयर गरौ

कोरोनाभाइरसको प्रकोप विश्वभर बढिरहेको छ । १६२ देशमा यसको संक्रमण देखिएको छ र १ लाख ८० हजार भन्दा बढी संक्रमित भइसकेका छन् । यही बीच पछिल्लो रिपोर्टमा सुरुवाती ५ दिनभित्र ३ खास लक्षण देखिएमा कोरोनाभाइरसको संक्रमण भएको हुन सक्ने दावी गरिएको छ । जर्नल एनल अफ इन्टरनल मेडिसिनको एक रिपोर्टका अनुसार कोरोनाभाइरसका तीन खास लक्षण संक्रमणको सुरुवाती ५ दिनभित्र देखिन्छन् ।

१. अमेरिकी शोधकर्ताहरुद्वारा जारी यो रिपोर्टमा बताइएअनुसार कोरोनाभाइरसको संक्रमण भएपछि सुरुवाती ५ दिनमा मानिसलाई सुख्खा खोकी लाग्न थाल्छ ।

२. बिरामीलाई कडा ज्वरो आउँछ र उसको शरीरको तापक्रम धेरै बढ्छ । अहिलेसम्म कैयौं स्वास्थ्य विशेषज्ञले कोरोनाभाइरसको संक्रमणपछि ज्वरो अत्याधिक बढ्ने दावी गरिसकेका छन् ।

३. कोरोनाभाइरसको संक्रमण भएपछि सुरुवाती ५ दिनमा मानिसलाई सास फेर्न निकै समस्या हुन्छ । एक रिपोर्टका अनुसार सास लिनुमा समस्या हुनुको कारण फोक्सोमा कफ फैलिनु हो ।

अमेरिकाको नेशनल हेल्थ सेन्टर र विश्व स्वास्थ्य संगठनले पनि कोरोनाभाइरस संक्रमणपछि यिनै लक्षण देखिने बताएका छन् । उनीहरुले साथमा शरीर दुख्ने र रुघाको समस्या पनि हुन सक्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्