Logo

प्रदेश १को विराटनगर भोलिदेखि लक डाउन

विराटनगर महानगरपालिकामा मंगलबारदेखि अनिश्चितकालीन लक डाउन हुने भएको छ ।महानगरपालिकाका प्रमुख भीम पराजुलीले महानगर क्षेत्रभित्र अत्यावश्यक सेवाबाहेकका पसलहरू बन्द हुने जानकारी दिए ।सरोकारवालसबैको आव्हानमा कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन लकडाउनको निर्णय गरेका हौँ,’

प्रमुख पराजुलीले भने, ‘यसका लागि हामीले सबै व्यावसायिक संघसंस्थासित बसेर छलफल गर्यौं र उहाँहरू कै सहमतिमा लक डाउनको निर्णय लियौं ।’महानगरपालिकाले यसअघि गत शनिबारदेखि विराटनगर क्षेत्रभित्र लाग्दै आएका साप्ताहिक हाटबजार बन्द गरेको थियो ।

लक डाउनका लागि खुद्रा व्यवसायी, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, विराट व्यापार व्यवसायी संघ लगायतका २ दर्जन संघसंस्थाका प्रतिनिधिसँग बैठक गरेर यस्तो निर्णय लिइएको उनले जानकारी दिए ।लक डाउन गर्नेबारे व्यवसायीक संघ संस्थाका प्रतिनिधिहरुले सहमति गरेका कारण उनीहरुकै मागलाई सम्बोधन गदै महानगरले औपचारिकता मात्र पूरा गरेको उनको भनाइ छ ।

मेयर पराजुलीले नगर क्षेत्रमा लक डाउन गरिने भएपनि खाद्यान्न, औषधि, पानी, दूध, तरकारी र एम्बुलेन्स सेवा भने सञ्चालनमा रहने बताए । अत्यावश्यक परेका यात्रुलाई मात्र सिटी रिक्सा र रिक्सा प्रयोग गर्न तथा चालकले मास्क अनिवार्य लगाउनु पर्ने निर्णय पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्