Logo

कोरोना संक्रमण रोक्‍न विराटनगरमा पनि औषधि छर्किन थालियो !

विराटनगर महानगरले नगरक्षेत्रमा कोरोना भाइरसको सक्रमण नियन्त्रणका लागि डिस इन्फेक्सन अर्थात निर्मलीकरण अभियानको शुरुवात गरेको छ । महानगरको ल्यावमा आफ्नै जनशक्ति प्रयोग गरी निर्मलीकरण अभियान शुरु गरेको हो ।सोडिएम हाइपो क्लोराइड लगायत विभिन्न रसायन बाट बनाइएको स्प्रे पहिलो चरणमा नगरक्षेत्रको कोशिअञ्चल अस्पताल वाट शुरुवात गरिएको छ ।नगरवासीलाई कोरोना सक्रमणवाट जोगाउन यो कार्यक्रम फलदायी हुने मेयर भीम पराजुलीले जानकारी दिनुभयो ।

त्यस्तै सार्वजनिक स्थललाई कीटाणुमुक्त बनाउन काठमाण्डौ महानगरपालिकाले कीटनाशक औषधि छर्किने कामलाई तीव्र बनाएको छ । बिहीबार बिहान तीन वटा जेटले औषधि छरेका छन् ।तीनवटामध्ये एउटा बबरमहल—बानेश्वर—तीनकुने—सिनामङ्गल क्षेत्रमा खटिएको थियो भने अर्को जमल—लाजिम्पाट—पानीपोखरी हुँदै महाराजगञ्ज क्षेत्रसम्म पुगेको थियो । अर्कोलाई वसन्तपुर आसपास क्षेत्रमा केन्द्रित गरिएको थियो ।नगर प्रहरी महाशाखा प्रमुख, प्रहरी नायब उपरीक्षक (डीएसपी) धनपति सापकोटाका अनुसार बिहीबार दिउँसोबाट महानगरका उपकरणसहित निजी क्षेत्रले सञ्चालनमा ल्याएका ट्याङ्कर परिचालन गरिनेछन् ।

प्रतिक्रिया दिनुहोस्