Logo

कोरोनाका कारण कक्षा ११ र १२ को परीक्षा पनि स्थगित !

सरकारले वैशाखमा हुने भनिएका कक्षा ११ र १२ को वार्षिक परीक्षा पनि स्थगित गरेको छ । मुलुकमा कोरोना भाइरस संक्रमणको जोखिम देखिएपछि सोही कारण ११ र १२ को परीक्षा स्थगित गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बाेर्डले आज एक सूचना जारी गर्दै २०७७ वैशाख ८ गतेबाट हुने भनिएकाे कक्षा १२ को परीक्षा र वैशाख २१ गतेबाट हुने भनिएकाे कक्षा ११ को परीक्षा स्थगित गर्ने निर्णय गरिएकाे जानकारी दिएकाे हाे ।

बोर्डले मुलुकमा देखिएको कोरोना भाइरस संक्रमणको जोखिमका कारण दुवै परीक्षा अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको हो । प्रदेश परीक्षा व्यवस्थापन कार्यालय तथा शाखा कार्यालयहरुलाई समेत बाेर्डकाे सूचनाअनुसार गर्न निर्देशन दिइएकाे छ ।

बाेर्डले काेराेना संक्रमण हुन नदिन सावधानी अपनाउँदै हाल घरैमा बसेर स्वअध्ययन गर्न समेत सबै विद्यार्थीहरूमा अनुराेध गरेकाे छ । स्थिति सुधार भएपछि परीक्षा सञ्चालनका लागि अर्काे सूचनाद्वारा जानकारी गराइने समेत बाेर्डले जनाएकाे छ ।

यसअघि कोरोनाको जोखिमकै कारण कक्षा १० को (एसईई) परीक्षा पनि स्थगित गरिएको थियो । कोरोनाको जोखमिकै कारण हाल लोकसेवा आयोगका परीक्षा पनि स्थगित छन् भने त्रिभुवन विश्वविद्यालयका परीक्षा पनि रोकिएका छन् ।

सरकारले जारी लकडाउन अवधि वैशाख ३ गतेसम्मका लागि थपेकाे छ । यसबीचमा अत्यावश्यकीय सेवाबाहेकका अन्य सेवा समेत बन्द गरिएका छन् ।

हेर्नुहाेस् सूचना-

प्रतिक्रिया दिनुहोस्