Logo

सेती अस्पतालमा को’रोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै ‘पोजेटिभ’ रिपोर्ट

सेती प्रदेशिक अस्पताल कैलालीमा को’रोना भाईरस परीक्षण गरिएका ६५ जनामध्ये ४ जनामा मात्रै पोजिटिभ रिपोर्ट आएको पाइएको छ । अस्पतालले आज एक विज्ञप्ति जारी गर्र्दै सो कुराको जानकारी दिएको हो । अस्पतालका अनुसार हालसम्म उपचार गरेका बि’रामीको संख्या २९ रहेको र प्र’योगशालामा जम्मा ६५ जनाको परीक्षण गरिएको छ ।

अस्पतालकाअनुसार हालसम्म नेगेटिभ रिपोर्ट आउनेको संख्या ५० छ भने रिपोर्ट आउन बाँकी ११ जना रहेका छन् ।सेती प्रादेशिक अस्पतालका प्रमुख एवम् मे’डिकल सुपरिन्टेन्डेन्ट डा. हेमराज पाण्डेयका अनुसार ने’गेटिभ रि’पोर्ट आउने सबै निको भएर घर गइसकेका छन् । पोजेटिभ देखिएका ४ जनासहित ५ जनाको मात्र आ’इसोलेसनमा राखेर उपचार भइरहेको उनले बताए ।४ जनामा भने यसअघि नै को’रोना संक्रमण पोजेटिभ देखिएको रिपार्ट आएको थियो ।

प्रतिक्रिया दिनुहोस्