Logo

१०१ वर्षीय वृद्धले जिते कोरोना भाइरस, घर फर्किएपछि परिवारमा यति धेरै खुशी

एजेन्सी, २८ चैत – बेलायतका एक १०१ वर्षीय वृद्धाले कोरोना भाइरस जितेका छन् । लामाे समयकाे उपचारपछि बेलायत वोरसेस्टरशायरका वृद्ध किथ वाट्सन काेराेनामुक्त भएर घर फर्किएका छन् ।

अर्कै रोगको शल्यक्रिया गर्न अस्पताल भर्ना भएका बेला परीक्षण गर्दा उनमा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको थियो । किथ वाट्सनले अस्पतालबाट घर फर्केपछि परिवारसँग खिचिएको फोटो सामाजिक संजालमा सार्वजनिक गरेका छन् ।

कोरोना भाइरस वृद्धवृद्धा तथा रोगी मानिसमा बढी संक्रमाण हुने गरेको पाइएको छ । हालसम्म कोरोना भाइरसले ज्यान जानेहरुमा ९० प्रतिशत मानिस वृद्धवृद्धा रहेका छन् ।

कोरोना भाइरसका कारण हालसम्म बेलायतमा ७ हजार ९७८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्