Logo

प्रधानमन्त्री र सभामुखबीच भेट, जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ

प्रधानमन्त्री केपी शर्मा ओली र प्रतिनिधसभाका सभामुख अग्निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ ।बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भेट वार्ता भएको हो । आगामी बजेटमा विषयमा छलफल गर्न प्रधानमन्त्री र सभामुखबीच भेटवार्ता भएको हो ।

भेटमा संघीय संसदको बजेटबारे छलफल भएको सभामुखका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए । बजेट (वर्षे) अधिवेशन बोलाउने, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता र नीति तथा कार्यक्रमको विषयमा छलफल भएको थियो ।

संविधानमै व्यवस्था भएअनुसार जेठ १५ गते बजेट ल्याउनु पर्ने भएकोले सरकारले कोरोना संकटकै बीच बजेटको तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस्