Logo

कुन राजमार्गका लागि कति बजेट ? पुल बनाउन १० अर्ब ९१ करोड

सरकारले हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट छुट्याएको छ ।पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन गरिएको छ भने मदन भण्डारी राजमार्ग ३ वर्षभित्र सक्याउने गरी ३ अर्ब ७ करोड बिनियोजन गरिएको अर्थमन्त्री युवराज खतिवडाले बिहीबार बजेट भाषणका क्रममा बताए । यसैगरी मध्यपहाडी राजमार्ग ५ बर्षमा निर्माण सक्ने गरी ८ अर्ब बिनियोजन गरिएको छ ।

काठमाडौं तराइ द्रुतमार्ग ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ८ अर्ब ९३ करोड बिनियोजन गरिएकाे छ । यसैगरी कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिँदा प्रत्येक निर्वाचन क्षेत्रका एकभन्दा स्थानीय जोड्ने निर्वाचन क्षेत्र रणनीति सडक निर्माण कार्यका लागि तीन अर्ब ३० करोड विनियोजन गरिएको छ ।

यस्तै पुल बनाउन १० अर्ब ९१ करोड रूपैयाँ बिनियोजन भएका छ । प्रदेश सरकारसँग समन्वय गरेर कुलेखानीमा सुरुङ मार्गको अध्ययन सकेर काम थाल्ने पनि भनिएको छ । सबैतिर सुरुङ मार्गका लागि ६ अर्ब ४२ करोड छुट्याइएको छ ।कान्तिराजपथ र सूर्यविनायक धुलिखेल सडक विस्तारका लागि १ अर्ब २० करोड बजेट विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्