Logo

सप्तरीमा डुबेर १६ महिने बालकको मृत्यु

सप्तरीको रुपनी गाउँपालिका–२ पौवामा एक बालकको पानी जमेको खाल्डोमा डुबेर मृत्यु भएको छ । घर नजिकै खेलिरहेका सियाराम मण्डलका १६ महिने छोरा आयुष मण्डलको आज डुबेर मृत्यु भएको हो ।

खाल्डोमा लडेर अचेत भएका बालकलाई उपचारका लागि नजिकैको युनिक अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा बालकको मृत्यु भएको परिवारका सदस्यले बताएका छन् । प्रहरी टोली घटनास्थलमा पुगी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्