Logo

धनुषा सर्लाही र रौतहटमा गरी ६० जना संक्रमित थपिए (हेर्नुहोस भिडियो सहित )

जनकपुर । आज धनुषा, सर्लाही र रौतहट मा गरेर ६० जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितमा रौतहटमा २९ जना, धनुषामा २१ र सर्लाहीमा १० जना छन् ।

यस्तै, धनुषामा संक्रमित भएकामध्ये मुखियापट्टी मुसहरनिया क्वारेन्टाइनका ११ जना, गोपाल धर्मशालाको क्वारेन्टाइनका ९ जना र गणेशमान चारनाथ नगरपालिकाको क्वारेन्टाइनका एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सर्लाहीमा थपिएका संक्रमितमध्ये हरिपुर नगरपालिकाका ७ र बहम्पुरी गाउँपालिकाको क्वारेन्टाइनका ३ जना छन् ।

रौतहटमा संक्रमित भएकामध्ये दुर्गाभगवती क्वारेन्टाइनका ८ जना, मदरसा क्वारेन्टाइनका १० र गौर क्वारेन्टाइनका ११ जना हुन् ।

प्रतिक्रिया दिनुहोस्