Logo

प्रदेश २ को महोत्तरी गाउँपालिकामा स्थानीयले सडकमै रोपे धान ( फोटोहरु )

सडक मर्मत सम्भारमा ध्यान नदिएको भन्दै महोत्तरी जिल्लाका महोत्तरी गाउँपालिकामा स्थानीयहरुले सडकमै धान रोपेका छन् । गाउँपालिका अध्यक्ष सुनिल राय र वडाअध्यक्ष गांगा यादवको विरोधमा गाउँलेले आइतबार सडकमै धान रोपेको हो ।

महोत्तरी गाउँपालिका वडा नं. २ अनैठा गाउँबाट महोतरी स्कुल तर्फ जाने गाउँको सडकमै धान रोपेका हुन् । गाउँपालिका अध्यक्ष र वडाध्यक्षहरुले विकासे काम सुस्त गतिमा गरेको र बनाउनु पर्ने सडकबाटो नबनाई चौरको बाटो बनाएको कारण सडक हिलाम्य भएको स्थानीयहरुको गुनासो छ ।

लगातारको वर्षाले सडक हिलाम्य हुँदा सर्वसाधारणलाई अवत जाबत गर्न समस्याभएको र गाउँमा बिजुली, सोलार नभएको स्थानीय समाजसेवी संजित कुमार ठाकुरले दुखेसो पोखे ।तत्कालै समस्या सडक मर्मत नगरे वडा कार्यालय र नगरपालिकामा समेत बिरोधमा उत्रिने स्थानीयहरुले चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्