Logo

सुत्नु अघि पाथिभरा माताको दर्सन गरि आजको राशीफल पढ्नुहोस !

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा मन मुटाव सिर्जना हुनेछ । व्यापारमा प्रशस्त समय खर्चिए मात्र भनेजस्तो आम्दानी हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । बोल्दा वा कुनै निर्णय गर्दा ध्यान दिनुहोला आफ्नो बोलिले आफैलाई घाटा लाग्न सक्छ ।

बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा गरीएको लगानीबाट भनेजस्तो उपलव्धी हासिल हुनेछ भने राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । सुन्दर तथा विलाशी वस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरन अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडी बढ्न सकिने ग्रहयोग रहेकोछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) स्वास्थ्य सम्वन्धी समस्या आउने तथा उपचार खर्च बढेर जानेछ । गलत कामहरु भुलेर पनि नगनुहोला तुरुन्तै दण्ड तथा जरिवाना तिर्नुपर्नेछ । पढाइ लेखाइमा समय दिएपनि अपेक्षित नतिजा ल्याउन मुस्किल रहेकोछ । माया प्रेममा आजको दिन भेट नहुँदा नै राम्रो रहेकोछ भेटमा एक अर्कालाई अविश्वास गर्नाले नचाहादा नचाहादै छुट्टिनुपर्ने हुनसक्छ । व्यापार व्यावसाय खस्केर जाने ग्रहयोग रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सरकारी तथा पैत्रिक धन सम्पती हात लागी हुने सम्भावना रहेकोछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडी बढ्न सकिनेछ । ईच्छा आकांक्षा तथा मनोकामना पूरा हुने समय रहेको छ । दाजुभाई तथा आफन्तबाट भने जस्तो सहयोग हुने हुनाले दैनिकी सहज मार्गमा अगाडी बढ्नेछ । सवारी साधन तथा अन्य सम्पतीहरु लाभ हुने योग रहेकोछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीति तथा समाजसेवीहरुले राज्यबाट लाभ पाउने समय रहेकोछ भने दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बुवा तथा बुवा सरहका मानिसबाट तपार्ईँको काममा सहयोग हुनेछ भने आफन्त तथा सहयोगी हरुले तपार्ईँकै साथ दिनेछन् । माया प्रेमको बन्धन कसिने तथा पढाइ लेखाइमा उत्कृष्ट नतिजाको साथ पुरस्कार जित्न सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) समयको ख्याल नगर्दा कामहरु बिग्रने तथा दण्ड तिर्नुपर्ने हुनसक्छ सचेत रहनुहोला । आफन्तलाई बेवास्ता गर्दा परेको बेलामा सहयोग नहुन सक्छ । पढाइ लेखाइमा समय दिएपनि भनेजस्तो नतिजा ल्याउँन मुस्किल रहेकोछ । सरकारी काम गर्दा होस गर्नुहोला काम बिग्रने तथा अर्को दिन धाउनु पर्नेछ । माया प्रेममा गर्नेहरुले आजको दिन नजिक नहुँदा नै राम्रो रहनेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सानातिना घरेलु समस्याहरुले साताउनेछ भने सानो काम सम्पादन गर्न पनि दिनभर समय लाग्नेछ । समयले साथ नदिदा हुनै लागेको कामहरु बिग्रने तथा अरुकै पोल्टोमा जानेछन् । व्यापारमा तत्काल लगानी गर्ने समय नरहेकोले केहि समय पर्खनु उचित हुनेछ भने बैक तथा वित्तिय क्षेत्रमा गरीएको लगानी भने फस्टाएर जानेछ । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछी परिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागी समय उत्तम रहेकोछ ।

बृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा सफलता प्राप्त हुनेछ भने अध्ययनकै लागी राम्रो स्थानमा स्थानान्तरण हुने अधिक सम्भावना रहेकोछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुदा एउटै बाटो हिड्न सकिनेछ । भौतिक सम्पती जुट्नुको साथै विलाशी जीवन व्यातीत गर्न सकिनेछ । साझपख समय मध्ययम रहेकोले भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) सत्रु तथा प्रतिस्पर्धी हरुलार्ई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलव्धी हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउदै स्कूल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपार्ईँको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रशन्न रहनेछ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) अध्ययनमा प्रशस्त समय दिएपनि कमसल नतिजामा चित्त बुझाउनु पर्ने समय रहेकोछ । आफन्त तथा छोराछोरिहरुसँग मनमुटाब सिर्जना हुनेछ । आर्थिक अवस्था कमजोर रहने तथा व्यापारमा अलि बढिनै समय खर्चदा मात्र चाहेजस्तो नतिजा हात लगाउन सकिनेछ । भौतिक सम्पति तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला समय मध्ययम रहेकोछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या देखिन सक्छ ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) राजनीतिकर्मी तथा समाजसेवीहरुले जनताको जनताको काम गर्न सक्दामात्र मान सम्मान इज्जत प्रतिष्ठामा बृद्धी भएर जानेछ । खोज तथा अनुशन्धानमा उपलब्धी मुलक नतिजा नआए पनी आगामी दिनहरुमा काम गर्न सहज हुनेछ । आमा तथा आमा सरहका मानिससँग टाडिएर देश परदेशको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । कृषि तथा पशुपालन व्यावसायलाई समय सापेक्ष आधुनिकिकरण गरी मनग्गे लाथ लिन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) दाजुभाई तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादविवाद तथा मुद्दा मामिलामा तपार्ईँकै जित हुनेछ । माया प्रेममा सामिप्यता बढ्नुको साथै पति पत्नी बीच मायाको डोरो कसिलो भएर जानेछ । दैनिक उपभोग्य बस्तु ,औषधी तथा अनलाईनबाट सप्लाई हुने सामानको व्यापार व्यावसाय फस्टाएर जानेछ । बिद्यामा सोचेजस्तै सफलता पाइनेछ ।

प्रतिक्रिया दिनुहोस्