Logo

श्री पशुपतिनाथको दर्सन गरि आज पौष १७ शनिवार को राशिफल हेर्नुहोस

श्री पशुपतिनाथको दर्सन गरि आज पौष १७ शनिवार को राशिफल हेर्नुहोस
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ ।

मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज चलाखीपूर्ण बोलीले काम बन्न सक्छ । आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । काम गर्ने उत्साह र हौसला मिल्नेछ ।

तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् । आम्दानी बढाउने काम सुचारु गर्न सकिनेछ । सफल यात्राको योग पनि छ ।

धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । बोलीको विपरीत अर्थ लाग्न सक्छ । यात्रा गर्दा पनि सचेत हुनुपर्छ ।

कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्म र कर्ममा मन लाग्नेछ ।

बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । धर्मकर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । रोजगारको अवसर पनि मिल्नेछ ।

कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) इच्छा र आकाङ्क्षा पूर्ण हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । पारिवारिक सद्भाव बढ्नेछ ।

कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) एउटै कामबाट दोहोरो लाभ मिल्नसक्छ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ । मित्रबाट विशेष सहयोग मिल्ने र नजिकै घुम्न पनि पाइनेछ ।

बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । रमणीय र सुखद् यात्राको योग छ । आँटेको र ताकेको कार्य पुरा हुनेछ ।

मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । प्रेम र दाम्पत्य सम्बन्ध सुदृढ बन्नेछ । वित्तिय संस्थाबाट सहयोग पनि पाइनेछ ।

मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई बढी सकारात्मक बनाउन सकिनेछ । मनोरञ्जनमा पनि सहभागी भइनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्