Logo

एमालेको काउन्टर महाअभियोग दर्ताको तयारि

काठमाडौँ , २ फाल्गुन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध सत्ता पक्षका ९८ सांसदले आइतबार महाअभियोग दर्ता गरेको भोलिपल्ट त्यसको प्रत्युत्तरमा नेकपा एमाले ‘काउन्टर महाअभियोग’ को तयारी गरेको छ । विशेष गरी सभामुखमाथि महाअभियोग दर्ता गराउन एमालेले आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलनको गृहकार्य थालेको छ ।
सोमबार बिहान ११ बजे संसदीय दलको बैठक बोलाएको एमालेले त्यहीँबाट हस्ताक्षर सङ्कलन गर्ने र महाभियोगको प्रस्ताव तयार पार्ने तयारी गरिरहेको एमालेका एक नेताले बताए । संसदीय दलको बैठकमा अनिवार्य उपस्थित हुन एमालेले आइतबार नै आफ्ना सांसदलाई ह्विप जारी गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्