Logo

आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने

काठमाडौँ , ३ फाल्गुन । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री प्रेमबहादुर आलेले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाएरै छाड्ने घोषणा गरेका छन् । प्रतिनिधिसभाअन्तर्गत रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्यहरुसहित आज एक टोली निजगढ पुगेको छ । उक्त टोलीले विमानस्थल बन्ने स्थलका स्थायीवासीहरुसँग पनि अन्तरक्रिया गरेको छ।

सो क्रममा संक्षिप्त सम्बोधन गर्दै मन्त्री आलेले यस्तो बताएका हुन् । उनले भनेका छन्–‘म एयरपोर्ट बनाउँछु, प्रेम आलेले बोलेपछि काम हुन्छ, हुन्छ। म सबैमा यो विश्वास दिलाउन चाहन्छु कि यहाँ विमानस्थल बन्छ । यो आवश्यकत्ता हो ।’

प्रतिक्रिया दिनुहोस्