Logo

दैलेखमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौँ , फाल्गुन ४ । दैलेखको महाबु गाउँपालिका ४, फागुमा बोलेरो मंगलबार जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दैलेख बजारदेखि गडिगाउँ जाँदै गरेको बाग्मती प्रदेश ०१, ०२६च ५२६६ नम्बरको जीप फागुमा दुर्घटना भएको हो। जीप दुर्घटनामा गडिगाउँका ४० वर्षीय रामबहादुर हमालको मृत्यु भएको प्रहरी चौकी गैडाबाजले जनाएको छ।

प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक कृष्ण चौधरीका अनुसार जीप सडकभन्दा १ सय ५० मिटर तल खसेको छ। मृतक हमाल शिव आधारभूत विद्यालयका प्रधानाध्यापक हुन्।

घाइतेहरूको उद्धार गरी उपचारका लागि महाबु अस्पताल र जिल्ला अस्पताल दैलेख पठाइएको चौधरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्