Logo

देउवा र ‘प्रचण्ड’ को बैठक सकियो , एमसीसी विरुद्ध प्रचण्ड उग्र

काठमाडौँ , ४ फाल्गुन प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बालुवाटारमा भएको छलफल सकिएको छ।

आज आज एमसिसी संसदमा टेबल नगर्नेमा दुई नेताहरू सहमत भएको बालुवाटार स्रोतले बताएको छ ।

प्रचण्डले एमसिसी टेबल गरे सत्ताबाट बाहिरिने पार्टीको निर्णय सुनाउँदै अमेरिकासँग थप कुरा गर्नुपर्ने धारणा प्रधानमन्त्रीसँग राखेको स्रोतले दिएको छ ।

एमालेले पनि एमसिसीका विपक्षमा जानेजस्तो मुड बनाएकाले अमेरिकासँग कुरा गरेर चुनाव पछाडिमात्रै एमसिसी पास गर्नुपर्ने बारे उनले धारणा राखेका थिए।

प्रचण्डको कुरा सुनेपछि प्रधानमन्त्री देउवा आजको संसद बैठकमा एमसिसी टेबल नगर्न सहमत भएका हुन्। एमसिसीबारे थप छलफल गर्न बिहीबार सत्ता गठबन्धनको बैठक बस्दैछ। प्रचण्डका प्रेस संयोजक सूर्यकिरण पौडेलका अनुसार बैठक बिहीबार दिउँसो ३ बजे बस्नेछ।

प्रतिक्रिया दिनुहोस्