Logo

प्रहरीमाथि ढुगाँ प्रहार , अश्रुज्ञास हान्यो प्रहरीले

काठमाडौँ , ४ फाल्गुन । एमसीसीको विरोधमा आज काठमाडौंमा प्रदर्शन भएको छ । प्रदर्शनमा उत्रिएकाहरुले ढुंगा प्रहार गरेको भिडिओमा देखिन्छ । प्रहरीले पनि अश्रुग्याँस प्रहार गरेको छ । प्रदर्शनमा उत्रिएकाहरुलाई प्रहरीले पक्राउसमेत गरेको छ । अहिले प्रहरीले थप ४० जना प्रदर्शनकारीलाई पक्राउ गरेको छ । नयाँ बानेश्वर क्षेत्रबाट उनीहरू पक्राउ परेका हुन् । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार पक्राउ परेकाहरूलाई भृकुटीमण्डपमा रहेको नगर प्रहरी कार्यालयमा राखिएको छ ।

भर्खरै नयाँ बानेश्वर क्षेत्रबाट प्रदर्शनकारी पक्राउ परेको र उनीहरूको यकिन संख्या आउन बाँकी रहेको कार्यालयका प्रवक्ता तथा एसएसपी किशोरसिंह राठौरले बताए । यसअघि बिहान ५० जना पक्राउ परेका थिए । उनीहरूमध्ये अधिकांश बन्दकर्ता छन् । केही भने प्रदर्शनकारी छन् ।

गृह मन्त्रालयले आज एमसीसीको विरुद्धमा रहेका दलहरूले आन्दोलन गर्न सक्ने र शान्ति सुरक्षामा चुनौती थपिन सक्ने भन्दै नियन्त्रणमा लिन प्रहरीलाई निर्देशन दिएको थियो । सोही कारण आज बिहानैदेखि सडकमा बाक्लो गरी प्रहरी तैनाथ थिए ।

प्रतिक्रिया दिनुहोस्