Logo

टिपरको ठक्करबाट स्कुल जाँदै गरेका २ दिदीबहिनीको मृत्यु, चालक फरार

काठमाडौंको गोकर्णेश्वर नगरपालिका सुन्दरीजलमा टिपरले मोटरसाईकलाई ठक्कर दिँदा मोटरसाईकलमा सवार दुई दिदीबहिनीको मृत्यु भएको छ । बा ४ ख ६९६५ नम्बरको टिपरले बा ८ प ८७३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । दुर्घटनामा ८ वर्षीया सृष्टि तामाङ र ४ वर्षीया श्रेया तामाङको मृत्यु भएको हो । बुवा रोहन तामाङले मोटरसाइकलमा राखेर विद्यालय लैजादै गर्दा टिपरले ठक्कर दिएको थियो ।

दुर्घटनामा रोहन तामाङ गम्भीर घाइते भएका छन् । उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भईरहेको छ । दुबैजना दिदि बहिनीको दुर्घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनापछि टिपर चालक फरार भएका छन् ।

प्रतिक्रिया दिनुहोस्