Logo

उपाधिको लागि नेपाल र पपुवा न्यूगिनी भिड्दै । के नेपालले जित्लात उपाधि ?

त्रिकोणात्मक टी-२० श्रृंखलाको उपाधिका लागि नेपालले आज पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध खेल्दैछ । खेल कीर्तिपुरस्थित टीयू मैदानमा अबको केहि घण्टामा सुरु हुनेछ । नेपाल, पीएनजी र मलेसिया सम्मिलित श्रृंखलामा नेपाल अपराजित रहँदै फाइनल पुग्दा पीएनजी दोस्रो भएर फाइनल पुगेको हो । नेपालले २ राउण्ड रोविन लिगमा खेलेको चारवटै खेल जितेर राम्रो पर्दसंनमा छ । पपुवा न्यूगिनी भने ३ खेल हार्दा मलेसियालाई एक खेलमा मात्र हराएर २ अंक जोडेको थियो । मलेसियाले पनि १ खेल जित्दै उति नै अंक बनाएको थियो । तर नेट रनरेटमा भाग्यमानी बनेको पीएनजीले मलेसियालाई पछि पार्दै आज नेपालसँग फाइनल भिडन्त खेलानी भयको हो ।

कीर्तिपुरमै अघिल्लो साता भएको दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलाको दुवै खेलमा नेपाल पीएनजीसँग पराजित हुँदै श्रृंखला गुमाएको थियो । त्यसपछि टी-२० मा उत्कृष्ट प्रदर्शन गरिरहेको नेपालल एकदिवसीमा व्यहोरेको हारको बदला लिँदै श्रृंखलाको उपाधि जित्ने लक्ष्यमा छ । हुन त नेपालले टी-२० को दुवै लिग खेलमा पीएनजीलाई हराएर बदला लिइसकेको छ । तर फाइनल खेलमा पनि लिगको लय कायम राख्दै अपराजित रहेर उपाधि जित्ने नेपालको चाहना छ ।

फाइनलअघि आइतबार श्रृंखलाको विजेताले पाउने ट्रफी सार्वजनिक कार्यक्रममा नेपानलका कप्तान सन्दीप लामिछानेले यसअघि खेले जस्तै खेल्ने र दबावविना खेल्ने बताएका छन् । सन्दीपले कप्तानको रुपमा पहिलो पटक श्रृंखलाको फाइनल पुग्दा खुशी व्यक्त गरे । यस्तै उनले शनिवार मलेसियालाई अन्तिम लिग खेलमा हराएपछि पीएनजी विरुद्धको फाइनल महत्वपूर्ण रहेको भन्दै यसले आगामी खेललाई सहयोग गर्ने बताएका थिए । उनले भने, ‘फाइनल महत्वपूर्ण हुनेछ । यसपछि हाम्रो सम्भवत युएस टुर हुनेछ । त्यसको लागि पनि बुस्ट हुनेछ । फाइनललाई राम्रो तयारी भाछ । पीएनजी बलियो टिम हो, राम्रो खेलिराछ तर लिगमा चुकिराछ । हामीले चार गेम जितेर आइराछौँ । त्यसरी नै जान्छौँ र हामी डोमिनेट गर्ने प्रयास गर्छौँ ।’

उता पीएनजीका कप्तान असद भालाले भने नेपाल विरुद्धको खेल ठूलो रहेको भन्दै दबाब रहेको बताएका थिए । जारी श्रृंखलामा नेपालले पहिलो खेलमै पीएनजीलाई १५ रनले हराएर सुदख सुरुवात गरेको थियो । त्यसपछि दोस्रो खेलमा नेपाल ३७ रनले विजयी भयो । नेपालले मलेसियालाई पहिलो खेलमा ६ विकेट र दोस्रो खेलमा ८५ रनले पराजित गरेको थियो । पीएनजीले मलेसिया विरुद्धको पहिलो खेल ८ रनले गुमाउँदा दोस्रो खेलमा ८ विकेटको जित निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्