Logo

चट्याङ लागेर दुई जनाको मृत्यु

लुम्बिनी प्रदेशमा छुट्टाछुट्टै ठाउँमा चट्याङ लागेर दुई जनाको मृत्यु । कपिलवस्तु र गुल्मीमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । प्रहरीका अनुसार कपिलवस्तु जिल्लाको शिवराज नगरपालिका–६ पिरी बस्ने ७ वर्षीया रिजवन महमदको चट्याङ लागेर मृत्यु भएको छ ।

चट्याङ पर्दा गम्भीर घाइते भएका रिजवानको चौराहा अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको श्रोतको जानकारी छ ।चट्याङ लागेर घाइते भएका सोही ठाउँ बस्ने ३० वर्षीय नुरमहमद लगायत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै गुल्मी जिल्लाको मदाने गाउँपालिका–४ म्यालपोखरी बस्ने ४५ वर्षीया राधिका भट्टराईको पनि चट्याङ लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्