Logo

स्वास्थ्य बीमा गराउँदा ५० प्रतिशत सहयोग गर्ने घोषणा : अध्यक्ष रामपृत यादव

सिरहा औरही गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष रामपृत यादवले शुक्रबार पदभार ग्रहण गरेका छन् । स्थानीय तहमा जसपाबाट अध्यक्षमा निर्वाचित यादवले आज पदभार ग्रहण गर्दै वडावासीका लागि स्वास्थ्य बीमा गराउँदा ५० प्रतिशत सहयोग गर्ने घोषणा गरेका हुन् ।

उनले औरही वडा नम्बर ५ का सम्पूर्ण नागरिकलाई स्वास्थ्य बीमा ऐन २०७४ र स्वास्थ्य नियमावली २०७५ बमोजिम मापदण्ड तथा प्रक्रिया अपनाई ५० प्रतिशत स्वास्थ्य बीमा शुल्क प्रदान गर्ने बताए । उनी स्थानीय चुनावमा एक मतले अध्यक्षमा विजय भएका थिए ।

प्रतिक्रिया दिनुहोस्