Logo

छोराले माफी मागेपछि गाडी मर्मत गर्ने शर्तमा सहमति

मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन्। गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् ।मंगलबार तोडफोड गरेका उनलाई बुधबार पालिकामा सर्वपक्षीय छलफल राखेर माफी दिइएको जानाकारी आएको छ । गाडी मर्मत गर्ने सर्तमा माफी दिइएको पालिका अध्यक्ष गच्छदारले जानकारी दिएका हुन् । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा छलफल गर्न मंगलबार गाउँ कार्यपालिका बैठक बसेको थियो ।

बैठकबाट जयप्रकाशले एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई पनि विभिन्न जिम्मेवारी दिएका थिए । एमालेलाई जिम्मेवारी दिएपछि रिसाएका ज्योतिले बुबाले प्रयोग गर्ने सरकारी गाडीको सीसा फुटाइदिएको जनप्रतिनिधिहरुको भनाइ छ । ‘एक पटक गल्ती भयो भनेपछि कारवाही प्रक्रिया अघि नबढाउने सहमति भयो,’ बैठकमा सहभागी एक जनप्रतिनिधिले भने, ‘बुबाको रिसले सरकारी गाडीमा क्षति पु¥याउनु गलत हो ।’

गाउँपालिका अध्यक्ष गच्छदारले छोराले माफी मागेपछि गाडी मर्मत गर्ने शर्तमा माफी दिएर सहमति गरेको बताए । उनले अब तोडफोड गरे कारवाही हुने बताए । ‘माफी मागेपछि एक पटकलाई कागज गरेर माफी दिइएको छ,’ उनले भने, ‘फेरि यस्तो घटना दोह्रोर्‍याएर कारवाही हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्