Logo

झापाको कनकाई नदीमा पानीको बहाव बढ्यो , बासिन्दाको हरिबिजोग सुरु

गए रातिदेखि परेको वर्षाका कारण झापाको कनकाई नदीमा पानीको बहाव बढेको जानकारी आएको छ। कन्काईको बाढीले करिब एक सय घर डुवानमा परेको छ। कन्काईको एक भंगालो बस्ती पसेको छ। इलाका प्रहरी कार्यालय शिवगञ्ज पूर्वको बस्ती डुवानमा परेको हो। उनीहरूलाई सुरक्षित स्थानमा लैजाने तयारी भैरहेको श्रोतले जनाएको छ।

मेची, निन्दा, बिरिङ, कनकाई, रतुवा लगायतका नदीमा पानीको सतह बढेको छ। यी नदीमा बाढी आउँदा भद्रपुर, कचनकवल, झापा, शिवसताक्षी, गौरीगन्ज,गौरादह र दमक नदीमा बाढी आउँदा वर्षेनी यहाँका बस्ती प्रभावित हुने गरेका छन्। नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालका अनुसार धेरै बस्ती डुवानमा परेको खबर आएका छन्। यस्तै पाँचगाछि सन्थाल बस्ती पनि डुवानमा परेको छ। जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा लगिएको छ।

जोखिम बस्तीमा नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत परिचालन गरिएको स्थानीय प्रशासनले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्