Logo

भक्तपुरका मनकारी कायस्थ, जसले आविष्कार केन्द्रका ४८ जनालाई खाना खुवाए

काठमाण्डौं : भक्तपुर घर भई हाल फ्रान्सको पेरिस शहरमा बस्दै आएका कविन्द्र कायस्थले राष्ट्रिय आविष्कार केन्द्रमा कार्यरत कर्मचारीहरुलाई खाना खुवाएका छन् ।

कायस्थ र उनको बहिनी, ज्वाँईसहित आज दिउँसो आविष्कार केन्द्रमै पगेर मासु, पुलाउ, पनिर, दहि, अचार र मिठाई लगायतका खानाका परिकार बनाएर खुवाएका हुन ।

उनले २८ हजार बराबरको खानाका परिकार बनाएर आविष्कार केन्द्रका ४८ जना कर्मचारीहरुलाई खुवाए।

समाज सेवामा सक्रीय कायस्थले पेरिस र नेपालमा बिभिन्न किसिमको सामाजिक कार्यहरु गर्दै आएका छन्।

भोज खुवाएको भन्दै राष्ट्रिय आविष्कार केन्द्रले कायस्थलाई धन्यबाद समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्