Logo

इनारमा डुबेर एक जनाको मृत्यु

असार १४ : सुर्खेतमा इनार सफा गर्ने क्रममा एक जनाको डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा भेरीगंगा नगरपालिका–४ का ३० वर्षीया यामबहादुर दमाई रहेका छन् ।

मंगलबार सोही नगरपालिकाको वडा नं.–१० तालिखोलामा इनार सफा गर्ने क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । विहान ८ बजे इनार डुबेर उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्