Logo

मोटरसाइकल आयात घट्यो

१४ असार, काठमाडौं : वित्तीय प्रणालीमा तरलताको संकट र सरकारको आयातलाई कस्ने नीतिका कारण मोटरसाइकलरस्कुटर (विद्युतीयबाहेक) को आयात र बिक्री खुम्चिएको छ ।

विदेशी मुद्राको सञ्चिति जोगाउन राष्ट्र बैंकले लिएको नीतिका कारण बैंकहरुले अटोमोबिल क्षेत्रमा पर्याप्त लगानी गर्न नपाएपछि मोटरसाइकलरस्कुटरको आयात घटेको हो ।

चालु आर्थिक वर्षमा पेट्रोलियमबाट चल्ने मोटरसाइकलरस्कुटरको आयात २०.३४ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ११ महिना [साउनदेखि जेठसम्म] २५ अर्ब ५९ करोड ८१ लाख मूल्यको मोटरसाइकल आयात भएको छ ।

सरकारले सवारीको आयातलाई निरुत्साहन गर्ने गरी नगद मार्जिन राख्नुपर्ने व्यवस्था गरेपछि आयात कम भएको अटोमोबिल व्यवसायीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्