Logo

कुन सपना देख्दा कस्तो फल प्राप्त हुन्छ ?

राति हामी सुतेको बेला देखिने सपनामाथि हाम्रो नियन्त्रण हुदैन अर्थात हामी आफुले चाहेर आफ्नो इच्छा अनुसार सपना देख्न सक्दैनौं । सपना हामी निदाएको बेला स्वत घटित हुने एक विशेष प्रक्रिया हो ।

यसका अर्थ र फलका बिषयमा बिभिन्न अड्कल बाजीहरु गरिदै आएका छन । सुतेको बेला देखिने सपनाले वास्तविक जिवनमा पनि अर्थ राख्ने र सपनाको प्रकार अनुसार असल तथा खराब दुबै फल प्राप्त हुने विश्वास गरिन्छ । यद्यपि यसको विषयमा वैज्ञानिक प्रमाणको अभावमा यसलाई रुढीवाद समेत भन्ने गरिएको छ ।

स्वप्न – फल अर्थात् सपनाको फल / कुन सपना देख्दा कस्तो फल

१. अनार खाएको देखेमा —– धन र सन्तानको प्राप्ति ।

२. अलि अलि बादल देखे —– रोगबाट लाभ ।

३. ऊँट देखेमा —– अपार धन प्राप्ति हुनु ।

४. आकाश देखेमा —– ऐश्वर्य वृध्दि, सन्तान हुनु ।

५. आगो उठाएको देखेमा —– अवैध धन प्राप्ति ।

६. आगो बालेर समातेमा —– कष्ट हुनु, व्यर्थ व्यय हुनु ।

७. ओढ्ने कम्बल देखेमा —– बदनाम हुनु ।

८. औंठी लगाएको देखेमा —– धनलाभ र प्रशन्नता ।

९. कलम देखेमा —– महान व्यक्तिसँग भेट हुनु ।

१०. कपाल देखेमा —– धनलाभ हुनु ।

११. कपास देखेमा —– रोगबाट मुक्त हुनु ।

१२. कपाल काटेको देखेमा —– ऋणबाट मुक्त, स्त्री-पुत्र हुनु ।

१३. किला ठोकेको देखेमा —– बुढो मान्छेबाट लाभ ।

१४. कोईला देखेमा —– व्यर्थमा झगडा हुनु ।

१५. कुवामा नुहाएको देखेमा —– सन्यासी बन्नु ।

१६. कुवाको पानी देखेमा —– विविध लाभ र बिजय ।

१७. कैची देखेमा —– झगडा र विवाद बढ्नु ।

१८. घर बनाएको देखेमा —– प्रसिद्धि प्राप्त गर्नु ।

१९. घाम लागेको देखेमा —– पदोन्नति वा लाभ हुनु

२०. घाँसको मैदान देखेमा —– धेरै धन एकत्र गर्नु ।

२१. घोडा देखेमा —– संकट नाश हुनु ।

२२. घोडा चढेको देखेमा —– ठूलो पद पाउनु ।

२३. चश्मा लगाएको देखेमा —– विध्दता बढ्नु ।

२४. जंगल देखेमा —– दु:ख नाश र बिजय ।

२५. जहाज देखेमा —– परिशानी हट्नु र व्यय ।

२६. चाँदि देखेमा वा पाएमा —– धन र अहंकार बृध्दि ।

२७. झरना देखेमा —– दु:ख दुर हुनु ।

२८. टोपी देखेमा —– दु:ख नाश भएर, उन्नति हुनु ।

२९. ठूलो पर्खाल देखेमा —– सम्मान बढ्नु ।

३०. डोरी देखेमा —– यात्रामा कठिनायी वा झन्झट हुनु ।

३१. ढोका देखेमा —– ठूलाबडासँग मित्रता हुनु ।

३२. ढोका बन्द देखेमा —– परेशानी र चिन्ता हुनु ।

३३. दलदल देखेमा —– सन्तान प्राप्ति हुनु ।

३४. दाँत भाँचिएको देखेमा —– दु:ख र झन्झट हुनु ।

३५. दाँत माझेको देखेमा —– पापको प्रायश्चित हुनु ।

३६. धनुष तानेको देखेमा —– लाभप्रद यात्रा हुनु ।

३७. पर्वत चढेको देखेमा —- पदोन्नति वा प्रसिध्द हुनु ।

३८. पत्र पढेको देखेमा —- शुभ समाचार, परिश्रम ।

३९. प्रकाश देखेमा —- उच्चकोटीको साधु बन्ने ।

४०. पानी पिएको देखेमा —- राज्यबाट लाभ ।

४१. फलाम देखेमा —- कुनै धनवानद्वारा लाभ ।

४२. बजार देखेमा —– दरिद्रताको नाश हुनु ।

४३. बलेको दियो देखेमा —– आयु बृध्दि हुनु ।

४४. बहर वा गाई देखेमा —– मोटो लाभ, दुब्लो दु:ख ।

४५. बादल देखेमा —– विरक्ती र परिशानी बढ्नु ।

४६. बिरालो देखेमा —– चोरी हुनु, शत्रु बढ्नु ।

४७. भर्याङ देखेमा —– सुखसम्पत्ति बढ्नु ।

४८. भूकम्प देखेमा —– सन्तानलाई कष्ट र दु:ख ।

४९. मरेको मान्छेसँग कुरा गरेमा —– मनोकांक्षा पूरा हुनु ।

५०. मरेको मान्छेले बोलाएमा —– विपत्ति आउनु ।

५१. मुर्दा देखेमा —– रोगबाट मुक्ति पाउनु ।

५२. रत्न या मणि देखेमा —– दु:ख बढ्नु, अपव्यय हुनु ।

५३. रातो फूल देखेमा —– पुत्रबाट सुख र भाग्योदय ।

५४. रोटी खाएको देखेमा —– पदोन्नति र घन बढ्नु ।

५५. लठ्ठी देखेमा —– ठूलो नाम हुनु ।

५६. वर्षा देखेमा —– सुख र प्रशन्नता प्राप्त हुनु ।

५७. सुकेको बगैचा देखेमा —– विपत्तिमा फस्नु ।

५८. सुख्खा अन्न खाएमा —– कष्ट र व्यर्थ परिशानी हुनु ।

५९. सुगन्ध लगाएको देखेमा —– विद्वान र पण्डित हुनु ।

६०. सुपारी खाएको देखेमा —– रोगबाट मुक्ति पाउनु ।

६१. सुराही देखेमा —– आवारासँग संगत हुनु ।

६२. सेतो पूल देखेमा —– दु:खबाट छुट्कारा पाउनु ।

६३. सिंहासन देखेमा —– धेरै सुख पाउनु ।

६४. हरियो बगैचा देखेमा —– पदोन्नति र लाभ हुनु ।

६५. ओच्छयान लगाएको देखेमा —– दीर्घायु र सुख वृध्दि ।

६६. आँखामा गाजल लगाउनु —– शारीरिक कष्ट

६७. आफ्नै काटेको हात देख्नु —– कुनै नजिकको प्रियजनको मृत्यु

६८. उजाड बगैचा देख्नु —– दुःख पाउने

६९. मोटो भैसी देख्नु —– अन्न सस्तोमा पाउने

७०. दुब्लो भैसी देख्नु —– अन्न महंगो हुनु

७१. बाख्रा देख्नु —– शत्रुको डर

७२. राजनेताको मृत्यु भएको देख्नु —– देशमा समस्या आउनु

७३. पहाड हल्लिएको देख्नु —– विरामी हुने डर

७४. पुरी खाएको देख्नु —– खुशीको समाचार आउनु

७५. तामा देख्नु —– गोप्य कुरा पत्ता लाग्नु

७६. बेडमा सुतेको देख्नु —– गौरव तथा प्रतिष्ठा पाउनु

७७. थुक देख्नु —– समस्यामा पर्नु

७८. हरियालीपुर्ण जंगल देख्नु —– खुशियाली आउनु

७९. आफूलाई उडेको देख्नु —– कुनै समस्याबाट छुटकारा पाउनु

८०. सानो जुत्ता लगाएको देख्नु —– कुनै महिलासँग झगडा हुनु

८१. स्त्रीसँग मैथुन गर्नु —– धन प्राप्त हुनु

८२. झगडा गर्नु —– प्रसन्नता प्राप्त हुनु

८३. लडाईमा मरेको देख्नु —– राजनीतिमा सफल हुनु

८४. चन्द्रमा झरेको देख्नु —– कुनै समस्यामा पर्नु

८५. चन्द्रग्रहण देख्नु —– कुनै रोग लाग्नु

८६. आफ्नै दाँत भाँचिएको देख्नु —– समस्या बढ्दै जानु

८७. ढोका खुल्ला देख्नु —– कुनै व्यक्तिसँग मित्रता हुनु

८८. बन्द ढोका देख्नु —– धन नास हुनु

८९. धुँवा देख्नु —– व्यापारमा हानि

९०. भुकंप देख्नु —– सन्तानलाई दुःख कष्ट हुनु

९१. चश्मा लगाएको देख्नु —– ज्ञान बढ्छ

९२. बत्ती बालेको देख्नु —– नयाँ अबसर प्राप्त हुनु

९३. मासु देख्नु —– आकस्मिक धन लाभ

९४. पूजा पाठ गरेको देख्नु – समस्याको अन्त हुनु

९५. फलको झुप्पा देख्नु – छिटो धन प्राप्त हुने योग

९६. सेतो परेवा देख्नु – शत्रुसँग मित्रता हुनु

९७. बिरालो एक आपसमा झगडा गरेको देख्नु – मित्रसँग झगडा

९८. सेतो बिरालो देख्नु – धन नास हुनु

९९. समाधिस्थल देख्नु – सौभाग्य प्राप्तिमा योग

१००. गोबर देख्नु – पशु व्यापारमा लाभ

१०१. उजाड जंगल देख्नु – समस्या बढ्नु

१०२. मरेको मानिस देख्नु – रोगबाट मुक्त

१०३. गरगहना देख्नु – कार्य पुर्ण हुनु

१०४. जुवा खेलेको देख्नु – व्यापारमा लाभ

१०५. पैसा उधारोमा दिनु – अत्यधिक धन प्राप्त हुन्छ।

१०६. चील देख्नु – शत्रुबाट नोक्सान हुनु

१०७. चाँदी देख्नु – धन प्राप्त हुनु

१०८. कैची देख्नु – घरमा झै-झगडा हुनु

१०९. खेतमा पाकेको गहुँ देख्नु – धन लाभ हुनु

११०. काग देख्नु – कसैको मृत्युको समाचार आउनु

१११. कुकुर देख्नु – पुरानो साथीसँग भेट हुनु

११२. नदीको पानी पिएको देख्नु – सरकारी लाभ हुनु

११३. सेतो फूल देख्नु – कुनै समस्याबाट छुट्कारा मिल्नु

११४. रातो फूल देख्नु – भाग्य चम्कनु

११५. घोडा देख्नु – संकट हट्नु

११६. मोती देख्नु – छोरी पाउने योग

११७. गाडेको धन देख्नु – अचानक धन लाभ हुनु

११८. झरना देख्नु – दुःखको अन्त हुनु

११९. चेक लेखेर दिएको देख्नु – विरासतमा धन मिल्नु

१२०. कुवामा पानी देख्नु – धन लाभ

१२१. सुन्दर स्त्री देख्नु – प्रेममा सफलता

१२२. खुकुरी देख्नु – संकटबाट मुक्ति

१२३. चन्दन देख्नु – शुभ समाचार आउनु

१२४. नक्शा देख्नु – कुनै योजनामा सफलता मिल्नु

१२५. नून देख्नु – स्वास्थ्यमा लाभ

१२६. सुकेको घाँस देख्नु – जीवनमा समस्या

१२७. रुद्राक्ष देख्नु – शुभ समाचार आउनु

१२८. स्वर्ग देख्नु – भौतिक सुखमा वृद्धि

१२९. सूर्य देख्नु – विशेष व्यक्तिसँग भेट हुने योग

१३०. तिर्खा लाग्नु – लोभ बढ्नु

१३१. सपनामा मुत्र, वीर्य, वा दिशा देख्नु : धन प्राप्ति ।

सपनामा सर्प देख्नु

१. सर्प सपनामा देखिनु को शंकेतहरु हे हुन भनि जान्न कठीन छ। अरु जनावरहरु झै सपनामा सर्प देखिनुको धेरै अर्थ हुनसक्छ।

२. सर्प यौन को संकेत हो। सर्पको सपनाले यौनशक्तिलाइ संकेत गर्दछ। यदि सर्प सपनामा आफुसँग बेरिन्छ वा कुनै शक्ति संचार गर्ने गरि काम गर्दछ भने त्यो सपनाले तपाइको यौन शक्ति बढेको संकेत गर्ने हुन्छ।

३. केहि सभ्यतामा सर्पलाइ ज्ञान र शक्तिको प्रतिक मानिन्छ। सर्प सपनामा देखिनुको अर्थ हुन्छ, व्यक्तित्वमा आउने परिवर्तन। यस्ता सपनाले तपाइलाइ अत्याउने गर्दछ, तर साथसाथ जुन कुराबाट एकदमै दुखित हुनुहुन्छ तीबिर्साउने अवसर पनि प्रदान गर्छ साथै तपाइलाइ सावधान बनाउछ, र एकदमै नलौ जीवनको बाटोबाट अगाडी बढाउन सहयोग गर्दछ।

४. सर्पले सावधान गराउछ, यदि तपाइलाइ कसैले छल गर्न लागेको छ भने।

५. कुनै लुकेका कुरा वा गोप्यकुराहरु प्रति तपाइलाई संकेत गर्ने हेतुले पनि सर्पको सपना देखिने हुन्छ।वा कुनै कुराको सत्यता तपाइलाइ थाहा छैन भने पनि त्यस’boutमा संकेत गर्न खोजिएको पनि हुन सक्छ।

६. तपाइसंग लुकेका क्षमताको संकेतार्थ पनि हुनसक्छ सर्पको सपना। हामीले कुनै कुराको परिवर्तन प्रति मानिने डरको को ’boutमा हुन्छ यस्तो सपना। जमिन मुनिबाट सुतेर (हाइबर्नेसन) उठेको सर्प आउदै गरेको सपना देखेमा तपाइमा भएको शक्ति तथा कार्यक्षमता तपाइको जोश र प्रेरणासगं मिलाउन चाहिने उर्जा प्राप्तिको लागि हुनसक्छ।

७. आध्यात्मिक शक्ति वृद्धि
केही पूर्वीय संस्कृति अनुसार सर्पको सपनालाइ जागेको कुण्डलीनीसंग पनि बुझिन्छ, मेरुदण्डको आधार बाट निस्कने यो शक्तिले तपाइको आध्यात्मिक शक्तिलाइ जनाउछ। सपनाको सर्पले तपाइलाइ बिग्रान हैन बरु तपाइको सुधारको लागि देखापर्ने हुन्छ।

८. सपनामा सर्प देखिनुले तपाइको वास्तविक जीवनमा अप्ठ्यारो अवस्था सृजना भइरहेको कुरालाइ पनि इंकित गर्दछ। जीवनको भद्रगोलता लाइ पनि बुझाउँछ यस्तो सपनाले।

९. सपनामा देखिरहिने सर्पहरुको अर्थ राम्रो तथा नराम्रो दुवै हुन्छ। सर्पलाइ गरिने व्यवहार र सर्पको ’boutमा चलिआएको भनाइहरुपनि संस्कृति अनुसार फरक फरक नै हुन्छ। त्यसैले यस्को सपनाको प्रभाव तथा अर्थपनि फरक फरक नै हुन्छ।

१०. डरको प्रतिकको पनि मानिन्छ सर्पलाइ, साथै लुकेका खतरा, वा कुनै व्यक्ति कतिको राम्रो नराम्रो भन्ने ’boutमा पनि छुट्याउन सहयोग गर्छ सर्पको सपनाले।

सपनामा दिशा देख्नु

जो व्यक्तिले पिशाब, वीर्य, दिशा या भमिट(वाक्क) गरेको चिज देखेको वा खाएको सपनामा देखे भने त्यस्ता मान्छेलाई पनि धन प्राप्त गर्ने अवसर प्राप्त हुनेछ।

सपनामा बाघ देखेमा के हुन्छ

1. सुतिरहेको सिंह वा बाघ देखेमा: कार्य सफलता, कार्य सफल पार्न कुनै पनि डर लाग्दैन
2. बाघ को जोड़ी देखेमा: दाम्पत्य जीवन शुखमय
3. बिहन 4 बजी आसपास देखेको भए तपाई अरुलाई पराजित गर्न सक्नु हुनेछ
4. बाघलाई सपनामा देख्नु समग्रामा शुभ हो।

खराब सपना

यी २५ चिज सपनामा देख्नु अशुभ मानिन्छ:

१. सर्प मरेको देखेमा मृत्युको भय हुन्छ ।
२. माकुरोले टोकेको देखेमा रोगले आक्रमण गर्छ ।
३. बिच्छिले डसेको देखेमा मुत्युकारक हुन्छ ।
४. सपनामा स्याल देखिनु मृत्यु र दु:खको कारक हो ।
५. रोगी पशु देखेमा जेठो छोरोलाई कष्ट पर्छ ।
६. सपनामा काग देखेमा अशुभ हुन्छ । मृत्युको भय हुन्छ ।
७. सपनामा बिरालो देखिए चोरी हुन्छ, शत्रु बढ्छन् ।
८. दुब्लो गाई वा गोरु देखेमा दु:ख कष्ट हुन्छ ।
९. सपनामा ओढ्ने कम्मल देखेमा बदनामी हुन्छ ।
१०. कोइला देखेमा व्यर्थमा झगडा हुन्छ । साथै कैँची देखेमा पनि झगडा वा विवाद हुन्छ ।
११. सपनामा बन्द ढोका देखेमा हैरानी वा दु:ख खेप्नुपर्छ । डोरी देखेमा यात्रामा हैरानी वा
झन्झट हुन्छ ।
१२. दाँत झरेको वा भाँच्चिएको देखेमा दु:ख र झन्झट आईपर्छ ।
१३. घना बादल देखेमा विरक्ति उत्पन्न हुन्छ ।
१४. भूइँचालो गएको सपना देखेमा सन्तान कष्ट र दु:ख हुन्छ ।
१५. मरेको मानिसले बोलाएको देखेमा विपत्ति आउँछ ।
१६. रत्न वा मणि देखेमा दु:ख बढ्छ, अपव्यय हुन्छ ।
१७. सुकेको बगैँचा देखिएमा विपत्तिमा फसिन्छ । सुकेको अन्न खाएको सपना देखेमा
कष्ट र व्यर्थमा हैरानी हुन्छ ।
१८. सुराही देखेमा आवारा मानिससँग संगत हुन्छ ।
१९. हिलोमा फसेको देखेमा कष्ट र अपव्यय हुन्छ ।
२०. मुद्रा पाएको सपना देखेमा लडाईँमा जानुपर्ने हुनसक्छ ।
२१. सपनामा रोएको देखे असह्य बिमारी वा सन्तान कष्ट हुनसक्छ ।
२२. विवाह वा वैवाहिक उत्सव देखिनु अशुभ हुन्छ । विपत्ति आउनसक्छ ।
२३. सपनामा मस्तिष्क वा टाउको देखिए विपत्ति र टाउको काटिएको देखेमा अनिष्ट हुन्छ ।
२४. आफू भोको रहेको देखेमा विपत्ति आउनसक्छ । अरुलाई भोको देखेमा स्त्री लाभ हुन्छ ।
२५. सपनामा भिक्षा लिएको वा दिएको देखेमा अशुभ हुन्छ । गरिबीले सताउन सक्छ ।

सपनामा पैसा गहन मणि देख्नु

सपनामा धन सम्पति पैसा वा अन्य कुनै रत्न देखेमा वा भेटेमा के हुन्छ भन्ने कुरा को ’boutमा जानकारी दिदै छौ ।

यदि तपाई ले सपनामा पैसा भेट्नु भयो भने तपाई को जीवन अचानक केहि मोड आउने वाला छ भनेर जान्नुहोस । त्यो मोड खस गरि राम्रो पनि हुन सक्छ र नराम्रो पनि । यदि पैसा भेटेर सुरक्षित सँग राख्नु भयो र त्यो तपाई सँग हुदा नै तपाई बिउझिनु भयो भने त्यो राम्रो संकेत हो । तपाईको जीवन मा पनि छिट्टै धन वा सफलता हात लाग्ने छ तर यदि सपनामा भेटेको वा देखेको पैसा तपाई सँग छैन वा प्राप्त गर्न सक्नु भएन भने त्यो सपनाको संकेत अलि कठिन हुन्छ । तपाई लाई सफलता त मिल्छ तर त्यति सजिलो प्राप्त हुदैन तपाई ले त्यसलाई प्राप्त गर्न वा हाँसिल गर्न धेरै नै संघर्ष अनि मेहनत गर्नु पर्छ । हुन त सिधा अर्थ मा भन्नु पर्दा मेहनत बिना केहि छैन तर पनि मेहनत को प्रतिफल भने सबै लाई बेग्ला बेग्लै हुन्छ ।

यदि सपनामा मा तपाई ले सुन वा कुनै सिक्का वा रत्न देख्नु भयो भने तपाई को जीवन मा तपाई को आफन्त को सहयोग प्राप्त हुन्छ । मित्र को साथ धेरै नै पाउनु हुन्छ । यसलाई मित्रता को प्रतिक मानिन्छ ।जीवन मा सम्पति भएर मात्र हुन्छ जो सँग आफ्नो मित्र अनि आफन्त को साथ हुन्छ त्यहि मानिस सम्पन्न र धनि हुन्छ । हामि ले सधै यो कुरा लाई ख्याल गर्नु पर्छ कि एक्लै कुनै पनि काम गर्न कठिन छ । त्यसैले साथी र सहयात्री को साथ हुन आवश्यक हुन्छ ।

यदि तपाई ले सपनामा मणि वा रत्न देख्नु भयो भने तपाई सँग तपाई को भाग्य बलियो छ भन्ने अर्थ हुन्छ । यस्तो चिज देख्न ले सानो काम ले पनि ठुलो प्रतिफल प्राप्त हुने लक्षण देखाउछ ।
तर याद राख्नुहोस सपना मा जति कुरा हरु भेट्नु हुन्छ त्यो सबै सपना हरु राम्रो हुन्छ भने हराएको वा गुमाएको सपना ले तपाई लै निराश तुल्याउछ । अतः यी त भए सपनाका ’boutमा चर्चा अनि परिचर्चा ।

सपना को फल नेपालीमा / सपना फल / सपना मा मरेको मान्छे देख्नु / सपना मा सर्प देखे के हुन्छ / सपनाको अर्थ के हुन्छ / सपनामा कालो सर्प / सपनामा झगडा गरेको देख्नु / सपनामा दिसा देख्नु / सपनामा पानी परेको / सपनामा पैसा देख्नु / सपनामा बच्चा देखे / सपनामा बच्चा देख्नु / सपनामा भुकम्प / सपनामा मरेको मान्छे देख्नु / सपनामा माछा मारेको देख्नु / सपनामा मान्छे मारेको देख्नु / सपनामा यौन सम्पर्क / सपनामा रगत देखे के हुन्छ / सपनामा सर्प देखे के हुन्छ / सपनामा सर्प देख्नु / सपनामा सर्प मारेको देख्नु / सपनामा सर्पले टोकेको देखेमा / सपनामा सर्पले टोकेको देखेमा के हुन्छ। / सपनामा सर्पले टोकेको देख्नु / खराब सपना / sapana ma kukur dekhnu / सपना को फल / सपना को फल नेपाली / सपना को शुभ अशुभ फल / सपनाको संकेत / सपनामा बाघ देख्नु / सपनामा सर्प देख्दा के हुन्छ / सपनामा सुन देखे के हुन्छ / कुन सपना देख्दा कस्तो फल / सपनामा दिशा देख्नु / सपनामा रगत देख्नु / सपनामा दिशा गरेको देख्नु /

प्रतिक्रिया दिनुहोस्