Logo

दोस्रो दिनको अनुसन्धानात्मक कार्यक्रम सकियो

गण्डकी : शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालय गण्डकीप्रदेशको सहयोग एवं महेश (संन्यास (आश्रम (रामानन्द अनुसन्धान केन्द्र) को आयोजनामा आयोजित पञ्चदिवसीय अनुसन्धानात्मक कार्यशाला गोष्ठीमा मंगलबार दोस्रो दिनको महत्त्वपूर्ण अध्याय सफल बनेको छ । ब्रह्मचारी ईश्वरानन्दको अध्यक्षतामा द्वितीय दिवसका तीन सत्रहरू महेश सभाकक्षमा भएका हुन् ।

गव्याचार्य डा. नरेन्द्र हमालूको अनुसन्धानात्मक अध्ययनद्वारा समसामयिक अवस्थामा रहेका हाम्रा वर्णशंकर गाईहरूबाट सेतो जहर फैलिरहेको र हाम्रा रैथाने गाईहरूको संरक्षण हुन नसकेको बताउँदै रैथाने गाईहरूमा रहने अद्भुत शक्तिका बारेमा विशेष चर्चा परिचर्चा भए ।

डा. हमालले १२६ किसिमका मधुमेह, प्रेसर जस्ता रोगहरू यो सेतो जहरले उत्पन्न गराइरहेको र हामीले गाईको सेवा गर्नाले मात्रै अनेक रोगहरूको निदान भएको अनुभूति गर्न सकिने कडा तर्क प्रस्तुत गरेर पञ्चगव्य हाम्रो सुरक्षाकवच भएको पुष्टि गरेका हुन् । हामीले राष्ट्रिय आयोजनाहरू नै ल्याएर हाम्रा शुद्ध रैथाने गाईहरूलाई सुरक्षा दिई सेवा गर्नुपर्ने उनी बताउँछन् ।

कार्यक्रमको दोस्रो सत्रमा भने गव्यसिद्ध तथा सकारत्मक सोच र ऊर्जाका धनी, राजन अधिकारी ले हामी युवा पुस्ताले कसरी हामीभित्र रहेको ऊर्जाको सदुपयोग गरेर गर्वान्वित सफल जीवन बाँच्न सकिन्छ भन्ने कुरा अनुसन्धाताहरूबिच राख्दै मोटिवेट गरेका हुन् ।

विशेषतः आधुनिक चिकित्साक्षेत्रमा रहेका बीभत्स घटना र हाम्रा दैनन्दिनीमा कब्जा गरेका गोलीहरूमाथि वाग्बाण प्रयोग गर्दै पञ्चगव्य प्रासन र रोगनिवारणका विभिन्न उपायहरू बताए ।
कार्यक्रमको अन्तिम सत्रमा सगरमाथाको उचाइको सर्भेक्षण गरेका र सगरमाथामा दुई पटक सफल आरोहण गरेका सर्भेक्षक ूखिमलाल गौतमले अनुसन्धानका चरणहरूमा के कस्ता तबरले हाम्रा अनुसन्धान अगाडि बढाउनुपर्छ त भन्ने विषयमा आफ्ना अध्ययन र अनुभवहरूलाई समेट्दै हिमालयको उत्पत्तिबारे र हिमवत्खण्डका हामीहरूको हिमसभ्यताको चर्चा गरे ।

सगरमाथालाई हाम्रा पुराणहरूमा उल्लिखित जलप्रलयमा नागपाशले बाँधेर सप्तर्षीहरूको उद्धार गरेको प्रसङ्ग अनुरूप आरोहण गर्दा नागबन्धको क्षेत्रमा चट्टान यथावत् हिमरहित रहेको रोचक तथ्यलाई समेत प्रस्तुत गरे ।

सहप्रा। डा. गुरुप्रसाद सुवेदीले हामीलाई अनुसन्धानका निम्ति ऊर्जाशील बनाएकोमा अतिथि वक्ताहरूलाई धन्यवाद ज्ञापन गर्दै अनुसन्धान केन्द्रले हाम्रो हिमसभ्यताको समेत अध्ययन गर्ने बताए ।

प्रतिवेदकका रूपमा नीराजन पन्तले चित्रशब्दात्मक शैलीमा गाईहरूको महत्त्व धेरै हद सम्म बुझ्न पाएको, गोमूत्र र पञ्चगव्यका दिव्य शक्तिहरूको पहिचान गराएको कुरामा खुशी प्रकट गर्दै अनुभवात्मक ज्ञान सम्प्रेषण गरेकोमा धन्यवमद प्रकट गरे ।

८० जना अनुसन्धाता, शोधार्थी सहभागीहरूको सहभागितामा सो कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस्