Logo

सप्तकोशीमा रातो बत्ती बालियो

सुनसरी : सप्तकोशीमा पानीको बहाव बढेपछि अहिले २१ वटा मात्र ढोका खोलिएको छ ।

लगातारको वर्षातका कारण सप्तकोशी नदीमा पानीको बहाव बढेपछि खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

सप्तकोसीमा बुधबार पानीको बहाव १ लाख ५८ हजार १२५ क्युसेक पुगेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । सप्तकोशीमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ ।

सप्तकोशीका ५६ वटा ढोका छन् । जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार नदीमा पानीको बहाव बढ्न थालेसँगै तटीय क्षेत्रमा शतर्कता बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्