Logo

सोलुखम्बुमा चट्याङ लागेर १ जनाको मृत्यु, १ गम्भिर

सोलुखुम्बु : जिल्लाको थुलुङ दुधकोशी गाउँपालिका–९ का ७ वर्षीय सुजन तामाङको चट्याङ लागेर ज्यान गएको छ ।

माइतीघर हिँडेकी आमा सङ्गै गएका बालक पानी परेका कारण घरको पेटिमा ओत लागेर बसेको अवस्थामा चट्याङ लागेको प्रहरीले जनाएको छ ।

चट्याङमा परी आमा ताकमाया तामाङ गम्भिर घाइते भएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्