Logo

अमेरिकी डलर १ को खरिददर १२७ रुपैयाँ ५१ पैसा पुग्यो, बिक्रीमा १२८ रुपैयाँ ११ पैसा पाइने

असार ३१ , नेपाल राष्ट्र बैंकले शुक्रबारको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको विनिमय दर दिनहुँ बढ्दो क्रममा छ। आज डलरको भाउ हालसम्मकै उच्च दर कामय गरिएको छ।

बिहीबार डलर एकको खरिदमा १२७ रुपैयाँ १२ पैसा र बिक्रीमा १२७ रुपैयाँ ७२ पैसा पाइन्थ्यो भने आज डलर एकको खरिददर १२७ रुपैयाँ ५१ पैसा र बिक्रीदर १२८ रुपैयाँ ११ पैसा कायम गरिएको छ।

आज युरोपियन युरो एकको खरिदमा भने १२७ रुपैयाँ ७१ पैसा र बिक्रीमा १२८ रुपैयाँ ३१ पैसा पाइन्छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा ८५ रुपैयाँ ६९ पैसा र बिक्रीमा ८६ रुपैयाँ ९ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रुपैयाँ १३ पैसा र बिक्रीमा ९७ रुपैयाँ ५९ पैसा पाइन्छ।

आज कतारी रियाल एकको खरिदमा ३४ रुपैयाँ ७१ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८७ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३३ रुपैयाँ ९७ पैसा र बिक्रीदर ३४ रुपैयाँ १३ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा आज ३४ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३४ रुपैयाँ ८८ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा शुक्रबार २८ रुपैयाँ ६९ पैसा र बिक्रीमा २८ रुपैयाँ ८३ पैसा पाइन्छ।

शुक्रबार कुवेती दिनार एकको खरिदमा ४१३ रुपैयाँ ७१ पैसा र बिक्रीमा ४१५ रुपैयाँ ६६ पैसा पाइन्छ। यो हालसम्मकै उच्च विनिमय दर हो। यसभन्दा अघि अघिल्लो दिन मात्रै कुवेती दिनारको विनिमय दर उच्च थियो। सो दिन दिनार एकको खरिदमा ४१२ रुपैयाँ ८६ पैसा र बिक्रीमा ४१४ रुपैयाँ ८१ पैसा तोकिएको थियो।

आज बहराइन दिनार एकको खरिददर ३३८ रुपैयाँ २५ पैसा र बिक्रीदर ३३९ रुपैयाँ ८४ पैसा तोकिएको छ। यो पनि हालसम्मकै उच्च दर हो। यसभन्दा अघि अघिल्लो दिन दिनारको उच्च विनिमय दर कायम गरिएको थियो। सो दिन दिनार एकको खरिदमा ३३७ रुपैयाँ २१ पैसा र बिक्रीदर ३३८ रुपैयाँ ८० पैसा पाइन्थ्यो।

प्रतिक्रिया दिनुहोस्