Logo

अभिनेता आर्यन सिग्देलले नयाँ चलचित्र”सायरा” साइन गरे

अभिनेता आर्यन सिग्देल नयाँ चलचित्र”सायरा”मा अनुबन्धित भएका छन् । उनले आइतबार मात्र निर्माण कम्पनि डि.बि.आर. मिडिया एण्ड मुभिज प्रा.ली सँग चलचित्र गर्ने लिखित सम्झौता गरेका हुन् । रघु परियार प्रस्तुतकर्ता रहेको चलचित्र सोसल ड्रामा र लभ स्टोरीमा तयार हुनेछ । पछिल्लो समय पर्दामा नदेखिएका आर्यन चलचित्रको विषयवस्तुले आकर्षित भएका हुन् ।

आफु सुहाउँदो क्यारेक्टर पाएपछि आर्यन चलचित्र गर्ने सम्झौता गरेका हुन् । आउँदो असोजबाट छायांकन गर्ने तयारीमा रहेको चलचित्र “सायरा” को ९० प्रतिशत छायांकन अष्ट्रेलिया र बाँकी छायाँकन नेपालमा हुनेछ । फिल्मका प्रस्तुतकर्ता रघुले दसैँ र तिहारमा छायांकनको तयारी भइरहेको बताए । चलचित्रमा सोसल ड्रामासँगै प्रेम कथा देखाइने छ । हाम्रो भूमिकालाई सुहाउँदो भएकाले आर्यनजीलाई अनुबन्धित गरेका हौँ । उहाँ पनि भूमिकालाई लिएर उत्साहित हुनुहुन्छ’ रघुले भने ।

उनले चलचित्रको अन्य कास्ट एण्ड क्रिउको बारेमा केहि समयमै जानकारी दिने बताए । चलचित्रमा कथा उनकै रहेको छ । निर्देशन भने उनले भारतीय रहने बताए । ‘हामीले लाइन-अप पुरा भएपछि पूणर् रुपमा जानकारी दिने छौँ । निर्देशक बलिउडमा काम गरिरहेका भारतीय नै हुनेछन । उहाँलाई अनुबन्धित गरेपछि जानकारी गराउने छौँ’ प्रस्तुतकर्ता रघुले बताए ।

उनले चलचित्रको कथावस्तु अनुसार नै डायस्पोरामा छायांकन गर्न लागिएको बताए । चलचित्रको अधिकाँस छायांकन अष्ट्रेलियाको सिड्नीमा हुनेछ भने केहि प्रतिशत मेलवर्नमा समेत गरिने निर्माण टिमले बताए।

प्रतिक्रिया दिनुहोस्