Logo

सुनको भाउ बढ्यो, चाँदीको स्थिर

शुक्रबार सुनको मूल्य बढेको छ भने चाँदीको स्थिर रहेको छ । सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९७ हजार ३ सय र तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको प्रतितोला मूल्य ९६ हजार ६ सय र तेजावी सुनको मूल्य ९६ हजार १ सय रुपैयाँ तोकिएको थियो ।

शुक्रबार चाँदीको मूल्य बिहीबारकै कायम रहेको छ । चाँदीको प्रतितोला मूल्य १ हजार २२५ रुपैयाँ तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्