Logo

एमाले एक्लैले ३९ सिट जित्छ, ७० क्षेत्रमा कडा प्रतिस्पर्धा : विशाल भट्टराई

नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आगामी चुनावमा सबै दल मिलेपनि एमालेले ३९ सिट जित्ने बताएका छन् । बानेश्वरमा आयोजित खोटाङ–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा भट्टराईले एमाले एक्लैले ३९ सिट जित्ने बताए ।

‘१६५ निर्वाचन क्षेत्रमध्ये ३९ ठाउँमा सबै दल मिले पनि एमालेले जित्ने तथ्याङ्क अध्यक्षलाई बुझाएका छौं’, भट्टराईले भने । बाँकी ७० निर्वाचन क्षेत्रमा कडा प्रतिस्पर्धा हुने उनले बताएका छन् ।

उम्मेदवार चयन, पार्टीभित्रको एकता र चुनावी माहोल राम्रो बनाउन सक्दा ती ७० क्षेत्रमा पनि एमालेले जित्ने भट्टराईले बताए । एमालेले ५ सिट जित्छ भन्नेहरुले स्थानीय चुनावको नतिजा बिर्सेको भट्टराईले बताए ।

‘सबै दल एकातिर लाग्दा पनि ३८ लाख मत पाएको छ, २०६ स्थानीय तह जितेको छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्