Logo

मेयर बालेन र हर्कसंगै नेपाल र भारतका श्रष्टा सम्मानित

काठमाण्डौ – एन एन्ड जे इन्टरटेन्मेन्ट एन वाइ इन्कले नेपाली साहित्य, सञ्चार र समाज सेवामा समर्पित ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । शनिबार प्रज्ञा-प्रतिष्ठानको लेखखनाथ सभाहलमा आयोजित ‘पुरस्कार समर्पण समारोह’ को आयोजना गरी सम्मान गरेको हो ।

प्रज्ञा-प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको सभापति संस्थाकी संस्थापक संरक्षक साहित्यकार कमला प्रसाई ले गर्नुभएको थियो । “कमला प्रसाइँ साहित्य साधना पुरस्कार २०७९” बाट कृष्ण प्रधान (बरिष्ठ निबन्धकार एवमं प्रख्यात हाँस्यब्यङ्यकार ), माया ठकुरी ( प्राज्ञ,नेपाल प्रज्ञा-प्रतिष्ठान,बरिष्ठ आख्यान्कार ), प्राध्यापक डा. गार्गी शर्मा (बरिष्ठ साहित्यकार),

कमला प्रसाइँ संगीत साधना पुरस्कार २०७९” बाट ओम बिक्रम बिष्ट (बरिष्ठ गायक,नेपाली पप गीतका प्रणेता )लाई प्रदान गरियो । “स्व. र्याप सम्राट यमबुद्द पुरस्कार २०७९”बाट बालेन साह ( नगरप्रमुख कामपा ) लाई प्रदान गरियो ।

“स्वर्गीय अर्जुन प्रसाद प्रसाईं लोकप्रिय युवा नेता पुरस्कार २०७९” बाट हर्क शाम्पाङ राई ( मेयर धरान उपमहानगरपालिका ) लाई प्रदान गरियो । “श्री नारायण जयन्ता प्रसाईं नेपाली वेभ जर्नालिजम पुरस्कार २०७९” बाट मणी राम दाहाल (पुर्वेली न्युज डटकम) र विश्वराज थापा (इ नेप्लिज डटकम ) लाई प्रदान गरियो ।

“कबिन विक्रम शाह समाजसेवा पुरस्कार २०७९” बाट बिष्णु गौतम (लक्ष्मी प्रतिष्ठान) र सरु सुबेदी (तुलसा देवी हरिहर फाउण्डेशन ) लाई प्रदान गरिएको छ । सम्मानितहरुलाई प्रमुख अथिति कुलपति उप्रेतीले सम्मान पत्र सहित नगद रु २५ हजार प्रदान गर्नु भयो । अतिथीहरुको तर्फबाट बिशिष्ठ अतिथी यम बुद्ध फाउण्डेशनका संस्थापक अम्बिका प्रसाद अधिकारीले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो । त्यस्तै पुरस्कृत ब्यक्तिहरुको तर्फबाट कृष्ण प्रधान,माया ठकुरी र प्रा डा गर्गो शर्माले बोल्नु भयो ।

प्रमुख अतिथी उप्रेती ले प्रवासमा रहेर पनि देश र देशमा रहेका श्रष्ठाहरुलाई गरेको यो सम्मान अतुलनिय रहेको उल्लेख गर्नु भयो । सानै उमेरमा पनि आमाकै सिको गरी आफ्नो श्रोत जोगाएर राखेको रकमले सम्मान गर्ने प्रसाई को छोरा कबिन बिक्रम शाहलाई प्रशंसनीय कार्य गरेकोमा बधाई दिनु भयो ।

त्यस्तै संस्थापक कमला प्रसाईले “प्रवासमा रंहदा पनि मातृभूमी र साहित्यमा कलम चलाउन नछोडेकै कारण प्रत्यक २ बर्षमा आउँदा यसरी साहित्यकारहरु सँग साक्षात्कार गर्ने अवसर जुटोस बाँचुन्जेल यहीमाटोको लागि कलम र यसरी नै सम्मान गर्न पाउँ । कार्यक्रममा सहभागी भएर हौसला बढाई दिएकोमा सबैप्रति आभार एवमं धन्यवाद ब्यक्त गर्नु भयो ।

प्रतिक्रिया दिनुहोस्