Logo

नेसपा सम्बध युवा संघको अध्यक्षमा पोखरेल र सह अध्यक्षमा दीपक महतो ।

काठमाडौं । नेपाल समाजवादी पार्टी नेसपा सम्बद्ध युवा संघको केन्द्रिय अध्यक्ष पदमा परशुराम पोखरेल सर्वसम्मतिले मनोनीत भएका छन । त्यस्तै संघको सहअध्यक्षमा भने दिपक महतो सर्वसम्मतिले मनोनीत भएका छन । अध्यक्ष पोखरेल पुर्व माओवादि कमान्डर हुन भने सहअध्यक्ष महतो विगत ७ वर्ष देखि नयाँ शक्ति पार्टिमा सक्रिय थिए । सहअध्यक्ष महतो नयाँ शक्ति पार्टिको विधार्थि संगठनको उपाअध्यक्ष समेत भएका थिए । यसका साथै जसपा समाजवादी युवा संघको केन्द्रिय उपाध्यक्ष तथा विदेश विभाग प्रमुखको भुमिकामा समेत रहेका थिए । उनि राजनितिज्ञ साथै समाजसेवी पनि हुन् ।

निकै लामो राजनितिक पृष्ठभुमि भएको , जनयुद्ध तथा जनआन्दोलनका योद्दा तथा पूर्व वाईसिल कमान्डर , क्षमतावान जुझारु युवा नेता हुन परशुराम पोखरेल । त्यस्तै सहअध्यक्ष महतोको पनि निकै लामो राजनितिक पृष्ठभुमि रहेको छ , पार्टी र संगठनलाई सधैभरी निस्वार्थ भावनाले सहयोग गर्ने सक्रिय, क्षमतावान तथा जुझारु युवा नेता हुन दिपक महतो ।

प्रतिक्रिया दिनुहोस्