Logo

बालेन र हर्क बीच जुहारी : हर्क भन्छन मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो !

दिपक गिरि। १ भदौ , धरान उपमहानगरपालिका को मेयर हर्क साम्पाङ र काठमाडौँ महानगरपालिका को मेयर बालेन्द्र शाहबीच सामजिक संजाल फेसबुकमा जुहारी नै परेको छ।

बिशेष कामको लागि काठमाडौँ आएका हर्कले विभिन्न दलका शिर्ष नेताहरु लगायत मन्त्रिहरु संग भेटघाट गरेका छन्। बिहिबार काठमाडौँ बाट धारन फर्किए पछि उनले फेसबुकमा लेखेका छन् “जस्ले जे भनोस् तर म काठ्माण्डौँ नगएको भए फोहोर उठ्ने थिएन रैछ ! कम्से कम काम त शुरु गरे ! ” उनको यस्तो अभिव्यक्ति पछि धेरै मानिसहरुले आआफ्ना प्रतिक्रिया जानए।

त्यस्तै काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि उक्त पोस्टमा आफ्नो प्रतिक्रिया जानएका छन। उनि लेख्छन ” हो नि तपाई कै लौरो चुनाव चिनह लिएर मैले चुनाव पनि त् जितेको हो नि। उनको यो प्रतिक्रिया पछि सामाजिक संजाल तातेको छ। मेयर मेयर बीच जुहारी परेको भन्दै धेरैले आलोचना समेत जनाएका छन्। बालेनको उक्त प्रतिक्रिया लगत्तै हर्कले पनि फेसबुकमा स्टाटस मार्फत बालेनलाई जवाफ फर्काएका छन् उनि लेख्छन : “आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीति गर्नु बेकारमा ! ” हर्क साम्पाङ पछिलो समय निकै रुचाएका नेतामा पर्छन। हर्कको यस्तो प्रतिक्रियाले धेरैले उनको आलोचना गरिरहेका छन्।

उनि सामाजिक संजाल फेसबुकमा निकै सक्रिय रहेका हुन्छन् र आफ्ना धारणा राख्दै आएका पनि छन्। यसै बीच उनि फेरी लेख्छन : देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन ! मुख बजाउनु छोडेर पाखुरा बजाऊ नालायक हो ! नामले खाएकाहरु हो… तिमेरुको रीस उठोस बेस्सरी ! काम गर काम हावा तालका ह। उनि काठमाडौँका मेयरको काम प्रति अशन्तुष्ट रहेको यस स्टाट्स बाट बुज्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्