Logo

प्रधानमन्त्रीले लागुऔषध सेवन नगरेको पुष्टि

फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले लागुऔषध सेवन नगरेको पुष्टि भएको हो।

साथीहरूसँगको पार्टीमा लठ्ठिएर नाचेको दृश्य सार्वजनिक भएपछि त्यहाँको विपक्षी दलले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणको माग गरेको थिए।

विपक्षी दलको माग अनुसार उनले स्वास्थ्य परीक्षण गर्दा लागुऔषध सेवन नगरेको पाइएको श्रोतले जनाएको हो। मरिनले गत शुक्रबार आफ्नो स्वास्थ्य परीक्षण गराएकी थिइन्।

उनले आफूले मदिरा सेवन गरेको भने स्वीकार गरेकी थिइन्। शुक्रबार पत्रकार सम्मेलनमार्फत् मरिनले आफूमाथि निराधार आरोप लागेकोमा दु:ख व्यक्त गर्दै न्यायिक सुरक्षाका निम्ति स्वास्थ्य परीक्षणको निम्ति तयार भएको बताएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्