Logo

बेलायत : युनिभर्सिटी अफ लेस्टरमा सफलताको कथा सुनाउंदै दयानिधी सापकोटा

युरोपियन ल स्टुडेन्ट एयोसियसन र लेस्टर युनिभर्सिटी ‘ल’सोसाइटीले हस्पिटालिटिको तर्फबाट बिस्ट्रो ओजी र ओजी सिम्प्ली इटालियनको तर्फबाट रेष्टुरेन्ट सञ्चालक तथा सामाजिक अभियान्ता दयानिधी सापकोटालाई चयन गरेको छ ।

बेलायतका एक जना सफल नेपाली व्यवसायी दयानिधि सापकोटाले युनिभर्सिटी अफ लेस्टरमा आयोजना हुन लागेको एक अन्तरक्रियामा आफ्नो अनुभव प्रस्तुत गर्ने भएका छन् ।

लेस्टरमा स्थापित ओजी सिम्प्ली इटालियन तथा बिस्ट्रो ओजी रेष्टुरेन्टका सञ्चालक सापकोटाले युनिभर्सिटी अध्ययनरत विद्यार्थीमाझ आफ्नो व्यवसायिक अनुभव र हस्पिटालिटीका विविध आयामबारे सुनाउने भएका हुन् ।

आउंदो १४ नोभेम्बरमा युनिभर्सिटीको काउन्सिल रुम, फिल्डिङ जोन्सन बिल्डिङमा हुने प्यानल डिस्कसनमा सापकोटाले हस्पिटालिटीको चुनौति र सम्भावना, आफ्नो सफलताको कथा आदिबारे आफ्नो धारणा राख्ने छन् ।

‘विविध क्षेत्रका विद्धान तथा विद्यार्थीमाझ आफ्नो धारणा सेयर गर्न पाउनुलाई मैले एउटा महत्वपूर्ण अवसरका रुपमा लिएको छु’, सापकोटाले भने, ‘मेरो अनुभवले विद्यार्थीहरु लाभान्वित हुन्छन् भने त्यो नै मेरो सफलता हो ।’

बेलायती समुदाय र अन्तर्राष्ट्रिय विद्यार्थीमाझ हुने समूहगत छलफलले युवालाई प्रेरणा र नेपालबारे समेत प्रचारप्रसार हुने विश्वास सापकोटाको छ ।

अध्ययनका क्रममा जर्मनी गएका सापकोटाले त्यहां युरोपेली रहनसहन, भाषा, खाना र जीवनशैलीमात्र अनुभव गरेनन्, इटालियन सेफ हुंदै २८ वर्षकै उमेरमा जर्मनीमा पहिलो रेष्टुरेन्ट खोले । ५ विभिन्न भाषामा दख्खल भएका सापकोटाको लेस्टरमा दुई इटालियन रेष्टुरेन्ट सञ्चालित छन् ।

लेस्टर, लन्डन रोडमा सन् २०१३ मा स्थापित ओजीको सफलतापछि उनले गत महिनामात्र मेल्टन रोड सिस्टन लेस्टरमा बिस्ट्रो ओजी शुरु गरेका छन् ।

दोश्रो रेष्टुरेन्टमा उनलाई अर्जुन कंडेलले साथ दिएका छन् । करिब २ लाख ७० हजार पाउन्ड लगानीको उक्त रेष्टुरेन्टमा १०० सिट क्षमता छ ।

ति रेष्टुरेन्ट इटालियन खाना र क्लासिक ककटेलका लागि प्रख्यात छन् । व्यवसायिक सफलता पछाडि उनको अनुभव र लगाव नै प्रमुख कारण छन् ।

एनआरएनए आइसीसी युरोप क्षेत्रीय उपसंयोजक तथा समाजसेवी व्यवसायी सापकोटासंगै सामूहिक छलफल (प्यानल डिस्कसन) मा विजनेशबारे नाइजेल स्मिथ, टिचिङबारे स्टिभ इभान्स र मार्केटिङ सम्बन्धमा डेभिड गोर्डनबार्य प्रमुख वक्ता रहने भएका छन् । सो अन्तरक्रियाका वक्ताहरु आआफ्नो क्षेत्रमा खारिएका अनुभवी र सफल छन् ।

सिडिएस ग्रुप होल्डिङस्का बिड म्यानेजर नाइजेल वीनर अफ योङ इन्टरप्रिनर अफ दि इयर २०२२ हुन् भने स्टिभ सोलिसिटर तथा एसोसिएसट प्रोफेसर अफ ल एवं डेभिड एसोसिएट प्रोफेसर अफ मार्केटिङ एण्ड ग्रयाजुएट रिक्रुटर हुन् ।

प्रतिक्रिया दिनुहोस्