Logo

झापाको क्षेत्र नम्बर ४ मा स्वतन्त्र उम्मेदवार खुस्बु ओली गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले) लाई भारि पर्दै।

संसदीय तथा प्रदेशको चुनाव आउन अब केही दिन मात्र बाँकी छ । यस्तो अवस्थामा निर्वाचनका लागि उम्मेदवारहरु आफ्नो पक्षमा मत पार्न लागि परेका छन् । दलहरुकोबीचमा स्वतन्त्र उम्मेदवारलाई असहज हुने अवस्थामा झापा ४ मा भने माहौल फरक छ । झापा चारमा क्रस खुकुरी चिन्ह लिएर खुस्बु ओली चुनावी मैदानमा छ । झापामा सत्ता गठबन्धन र नेपाल कम्युनिष्ट पार्टी (एमाले)को गठबन्धन छ । दुई ठूलो गठबन्धन भएको अवस्थामा आफ्नो पक्षमा माहौल बनेको स्वतन्त्र उम्मेदवार खुस्बु ओलीले बताइन् ।

‘झापा ४ मा स्वतन्त्रले जित्ने माहौल बनेको छ । दलहरुले हालसम्म गरेको कार्यले मतदाताहरु आजित भएका छन् । त्यसैले अहिले उहाँहरुले मलाई जिताउने प्रण गर्नु भएको छ,’ ओलीले भनिन् । यसअघि २०७४ सालमा भएको चुनावमा झापा ४ बाट एमालेका लाल प्रसाद साँवा लिम्बुले ४३ हजार ५१५ मत ल्याएर चुनाव जितेका थिए । उक्त चुनावमा नेपाली काँग्रेसका देउकुमार थेवे २६ हजार ८२२ मत ल्याएर दोस्रो भएका थिए । अहिले झापा चारमा दुई गठबन्धन छन् ।

प्रतिक्रिया दिनुहोस्