Logo

ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेको अग्रता

ललितपुर – ललितपुरका तीनवटै क्षेत्रमा नेकपा एमालेले अग्रता लिएको छ । ललितपुर–१ मा नेकपा एमालेका नवराज सिलवालले सुरुआती अग्रता लिएका छन् । नेपाली कांग्रेसका उदय शमशेर राणाले सिलवाललाई पछ्याइरहेका छन् । सिलवालले ६६५ मत पाउँदा कांग्रेसका राणाले ४०१ मत पाएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरे ९३ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

उता, ललितपुर–२ मा नेकपा एमालेका प्रेमबहादुर महर्जनले १३१७ मत प्राप्त गरेका छन भने लौरो चिन्हले ८९७ र कलमले ७७७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्