Logo

सुकुम्बासी बस्तिमा झडप हुदा महानगर सुरक्षा बल प्रमुख राजु पाण्डेको टाउकोमा चोट लागेको छ

थापाथलीस्थित बस्ती हटाउन खोजेपछि सुकुम्बासीहरु घरेलु हतियारसहित प्रदर्शनमा उत्रिएका छन् ।

सुकुम्बासी र प्रहरीबीच झडप हुँदा काठमाडौं महानगर सुरक्षा बलका प्रमुख राजु पाण्डेको टाउकोमा चोट लागेको छ । उनीहरु हँसिया, लाठीलगायतका घरेलु हतियार बोकेर प्रदर्शनमा उत्रिएका छन्। स्थानीयले बैकल्पिक व्यवस्थाविना सुकुम्बासी बस्ती हटाउन खोजेपछि अवरोध सिर्जना गरेका हुन् । अहिले यो क्षेत्रमा सरकार र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध नाराबाजी भइरहेको छ ।

केही सुकुम्बासीहरु घरायसी सामान पोको पारिरहेका देखिन्छन्। प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनका दिन मंसिर ४ गते सुकुम्बासी बस्ती हटाउने सरकारले तयारी थालेपनि आज महानगरले डोजरसहितको टोली थापाथली पठाएको हो । नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले विकल्पविना सुकुम्बासी बस्ती नहटाउने आश्वासन दिएका थिए । तर, त्यो आश्वासन कार्यान्वयन हुन नपाउँदै बागमती एकीकृत सभ्यता विकास समितिको समन्वयमा काठमाडौं महानगरले सुकुम्बासी बस्तीमा डोजर चलाउने योजना बनाएको हो।

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले नदी तथा खोला किनारालगायतका विभिन्न स्थानमा रहेका सुकुम्बासी बस्ती हटाउन थालेको हो। समितिले संकलन गरेको प्रारम्भिक तथ्याकंअनुसार काठमाडौंका २० वडाका २७ स्थानमा सुकुम्बासी बस्ती छन् । ती बस्तीमा तीन हजार ४९६ घरधुरी रहेको समितिको तथ्याकंमा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्