Logo

चीनमा सुन खानी भत्किँदा १८ जना मजदुर पुरिए

उत्तरपश्चिमी चीनको सिनजियाङ क्षेत्रमा रहेको एउटा सुन खानी पुरिँदा १८ जना मजदुर फसेका छन् । फसेका मजदुरहरूको उद्धारका लागि उद्धारकर्ता परिचालन गरिएको छ ।

शनिबार दिउँसो काजाकिस्तानको सीमानाबाट करिब १०० किलोमिटर (६० माइल) टाढा रहेको यिनिङ काउन्टीमा खानी भत्किँदा उनीहरू पुरिएका थिए । खानी भत्केको समयमा ४० मजदुर सुरुङमा काम गरिरहेका थिए । २२ जना खानी कामदारको उद्धार गरिएको र अन्य १८ जना खानीभित्र फसेका प्राप्त विवरणहरूमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्