Logo

अष्ट्रेलियामा नेपाली नर्स अस्मिता पाण्डेलाई साथीहरूले नै षड्यन्त्र गरेकाे र प्रहरीले अभियोग फिर्ता लिइसकेका छन्

अस्ट्रेलियामा कार्यरत नेपाली नर्स अस्मिता पाण्डेले प्रहरीले पक्राउ नगरेको भन्दै आफूमाथि सहपाठीहरूले नै षड्यन्त्र गरेको बताएकी छन् । एक नर्सिङ होममा कार्यरत उनी बिरामीलाई थप्पड हानेको आरोपमा पक्राउ परेको भनेर त्यहाँको सञ्चारमाध्यम नाइन एन न्यूजले जनाएको थियो । पाण्डेले एक भिडिओमार्फत सोमबार अदालतमा सुनुवाइको क्रममा आफूमाथिको मुख्य आरोप फिर्ता लिइसकेको बताएकी छन् ।

‘केही समयअघि सँगै काम गर्ने तीनजना अन्य देशका स्टाफले नियोजित रूपमा षड्यन्त्र गरेर आरोप लगाएका हुन् । हिजो ३० जनवरीमा अदालतमा सुनुवाइको क्रममा आफूलाई लगाएको मुख्य आ-रोप प्रहरीले फिर्ता लिइसकेको छ । अन्य आरोपको सुनुवाइ २ महिनापछि हुँदैछ अस्मिताले भनेकी छन् ।

प्रतिक्रिया दिनुहोस्