Logo

अभिनेत्री तथा मोडल जेविका कार्कीको प्रेमी मनोज जोशिसंग इन्गेजमेन्ट

अभिनेत्री तथा मोडल जेविका कार्की र फिल्मका निर्माण नियन्त्रक मनोज जोशीबीच बुधबार इन्गेजमेन्ट भएको छ । पेप्सीकोलास्थित कार्कीकै निवासमा यी दुईले आफन्त र साथीभाइको उपस्थितिमा टीकाटालो गरेका छन् ।

उनीहरु चार वर्षदेखि प्रेम सम्बन्धमा थिए । आगामी फागुन ४ गते विवाह र ७ गते रिसेप्सन पार्टीको आयोजना गरिएको छ ।

जेविकाको पछिल्लो फिल्म ‘हिजोआजका कुरा’ थियो । त्यसअघि उनले जयश्री दाम, कारखाना, पर्व र जन्मभूमिजस्ता फिल्ममा पनि अभिनय गरेकी छन् । फिल्मसँगै उनी म्युजिक भिडियोमा पनि उत्तिकै सक्रिय छिन् । जोशी चाहिं फिल्मसँगै म्युजिक भिडियोका निर्माण नियन्त्रक हुन् ।

प्रतिक्रिया दिनुहोस्